नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि आज राति ८ बजेदेखि मतदान हुने भएको छ ।
सप्तरीको राजगढ गाउँपालिकाले २ सय ५५ जना असहाय र अपाङ्गहरूलाई फाइबरको सिरक वितरण गरेको छ ।
पवित्र तीर्थस्थल देवघाटमा बुधबार बिहान विधिपूर्वक मकरसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ५२ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ४३ को विन्दुमा कायम भएको हो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही गरेको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले पालिकाभित्रका दुई जना अगुवा कृषकलाई नगदसहित सम्मान गरेको छ । गाउँ सभाको १८ औं अधिवेशनको अवसरमा कृषकहरु प्रेमबहादुर राना र देवबहादुर रानालाई ‘अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार–२०८२’ प्रदान गरेको हो । प्रेमबहादुर कृषितर्फ र देवबहादुर पशुपंक्षीतर्फ सम्मानित हुनुभएको हो ।
नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कोषको साधारण सभाले गत आर्थिक वर्ष २०८१–८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएसँगै विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन भएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्नु भएको छ ।
इरानमा विरोध प्रदर्शनमा मृतकको सङ्ख्या दुई हजार ५७१ पुगेको छ । सरकारले प्रदर्शन नियन्त्रण गर्न सञ्चार माध्यम बन्द गरेपछि स्थानीय नागरिकले बाहिरका साथीभाइसँग मङ्गलबारदेखि पहिलो पटक फोनमार्फत सम्पर्क गरेका छन् ।
चीनले ‘बायोमेडिसिन’ क्षेत्रमा ‘विटा’ नामक नयाँ अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिका सन् २०२६ मा सुरु गर्न लागेको वेस्टलेक विश्वविद्यालयले शनिबार जनाएको छ । ‘विटा’ शब्द ल्याटिनबाट आएको हो, र यसको अर्थ ‘जीवन’ हो ।
कास्कीको पोखरा उपत्यकाका ताल तथा सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या बढेको र प्रजातिहरू भने घटेको देखिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएको छ ।
थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तरगतको रेल बुधबार एउटा क्रेन खस्किएर लिगबाट खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
विश्वव्यापी वातावरणीय प्रणालीमा भइरहेका परिवर्तनले सन् २०२५ मा बाढी, खडेरी र अत्यधिक तापक्रमलाई तीव्र बनाउँदै हजारौँ मानिसको ज्यान गएको र सयौँ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको एक नयाँ प्रतिवेदनले जनाएको छ ।