उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङमा फोहोर व्यवस्थापन गर्न हरेक घरलाई डोको डस्टबिन वितरण गरिएको छ । प्लास्टिकका सामग्री प्रयोग घटाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) ल्होमन्थाङले ४५ घरधुरीमा निगालोबाट बुनिएका ९० डोका निःशुल्क उपलब्ध गराएको हो । गाउँमा घुम्न आउने पर्यटकलाई लक्षित गरी घरबास कार्यक्रम सञ्चालनको तयारीमा जुटेका स्थानीयले वातावरणमैत्री क्रियाकलापमा सघाउने गरी डोको डस्टबिन राखिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति चराङका अध्यक्ष रिजाङ आङग्या गुरुङले बताउनुभयो ।
बर्दियास्थित बबई सिँचाइ आयोजनाको लागत झन्डै दोब्बर पुगेको छ । सुरुमा १६ अर्ब ४३ करोड रुपियाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको सिँचाइ आयोजना अहिले ३३ अर्ब १९ करोड रुपियाँ खर्च हुने अवस्थामा पुगेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन बुधबार विराटनगर जानुहुने भएको छ।
पेट्रोलियम पदार्थमा भएको निरन्तरको मूल्यवृद्धिले पाल्पाको विकासनिर्माणको काम प्रभावित बनेको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य आकासिएपछि काम सञ्चालन भइरहेका विकासनिर्माणको काम प्रभावित हुन थालेका छन् ।
प्राचीन परम्परा, रीतिरिवाज एवं सभ्यतालाई बदल्ने नयाँ प्रक्रिया नै आधुनिक हो । आधुनिक समाजका उपज एवं बौद्धिक रुझान भएका कवि स्रष्टाले शास्त्रवादी काव्यधाराका विरुद्ध रोमाञ्चक भौतिक–
नेपाल सरकारले सार्वजनिक गरेको शासकीय सुधारको १०० बुँदे कार्यसूचीअनुसार सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्याउने नीतिले तनहुँमा हुलाक सेवाको कार्यचाप उल्लेख्य रूपमा वृद्धि भएको छ।
तीन वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको कालीगण्डकी नदीमाथिको पुल १३ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । हालसम्म पुलको भौतिक प्रगति ८१ प्रतिशत मात्रै पुगेको छ भने निर्धारित समयमै सम्पन्न हुने सम्भावना पनि कमजोर देखिएको छ ।
नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ ।
विराटनगर विमानस्थलबाट चाँदीसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१ बस्ने ४४ वर्षीय आशिष रिजाललाई चाँदीसहित पक्राउ गरेको हो ।
सप्तरी कञ्चनरूप नगरपालिका–८ का खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । एक साधारण परिवारबाट प्रतिनिधि सभा सद
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको मान्म–ताडी सडक खण्ड अहिले अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगेको छ। सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा यात्रु तथा सवारी चालकहरू त्रसित बनेका छन् भने पैदल यात्रुहरू पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ (साबिक फाकुम्बा–३, नुम्लोक) मा जन्मनुभएका रमेश प्रसाईं प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । फरक क्षमता भएका दृष्टिविहीन प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी
बाँकेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले द्वन्द्वपीडितहरूको परिपूरणसम्बन्धी मागहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
उत्तरी चीनको व्यापारिक नाकासँग जोडिएको मुगुको नाकच्यालाग्ना सडक १० वर्षमा १७ किलोमिटर मात्रै निर्माण भएको छ । निर्माणका लागि सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगरिदिँदा ट्र्याक खोल्न ढिलाइ भएको हो ।
हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–६ को पाल्स गाउँको कैशालपुरी माध्यमिक विद्यालयका विद्यार्थी एक वर्षदेखि टहरामा अध्ययन गर्दै आएका छन् । विद्यालयको पुरानो जीर्ण भवन भत्काएपछि कामचलाउ रूपमा निर्माण गरिएका जस्तापाताले बारेर बनाइएका टहरामा विद्यार्थी अध्ययन गरिरहेका हुन् । विद्यालयको पुरानो भवन एक वर्षअगाडि भत्काइएपछि सोही स्थानमा जस्तापाताले बनाइएका टहरामा विद्यार्थी अध्ययन गर्न बाध्य भएको अभिभा