पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी मिल इन्दिरा सुगर एण्ड एग्रो इन्डष्ट्रिज प्रा.ली हालसम्म सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् ।
तामाङ समुदायको बाहुल्यता रहेको पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
विजयपुर-साँगुरीगढी-पाख्रीबास पदयात्रा धनकुटाको पाख्रीबास नगरपालिकामा पुगेर समापन भएको छ ।
गुल्मीमा चोरीका दुई स्कुटरसहित दुई जना किशोर पक्राउ परेका छन्।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ हुनुभएको छ । उहाँ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताउनुभएको छ ।
अस्थायी तथा स्थायी करार सेवामा कार्यरत चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले माग गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।
लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित डि गाउँमा रहेको मिनी रङ्गशाला अझै अधूरै छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक सरकारको बनेको स्पष्ट पार्दै यसको अहिलेको प्रमुख कार्यभार भनेकै देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।
बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित जलपन्छी गणना सुरु गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा हुम्ला जिल्लाका १९ जना मनोनित भएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल मिलेर बनेको नेकपाको विस्तारित केन्द्रीय समितिमा हुम्लाबाट १९ जना मनोनित भएका हुन् ।
बाँकेको खजुरा गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ८८ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।
म्याग्दीको बेनीमा बुधबारदेखि सुरु हुने माघेसङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको नेतृत्वमा ११ औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।