लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
बजारमा व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि गराएका छन् । सरकारले भारतबाट आयात हुने केरामा प्रतिबन्ध लगाएका बेला व्यापारीले अभाव देखाएर मनपरी मूल्य बढाएका हुन् ।
विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि २०८२ चैत ३० सम्ममा दुई करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार कार्यालय विराटनगरका अधिकृत विमलदेव साहका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा दोब्बरले बढी हो ।
चार्टरमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको श्री एयरलाइन्सले भारत र बङ्गलादेशमा नियमित उडान सञ्चालनको अनुमति पाएको छ । गत चैत अन्तिम साता भारतको कोलकातामा परीक्षण उडान गरेको श्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भारतको नयाँदिल्ली र कोलकातासँगै नेपालबाट बङ्गलादेशमा व्यावसायिक उडानको अनुमति पाएको हो ।
बेनी नगरपालिकामा पहिलो पटक करदाता सेवा सुरु भएको छ । नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालबिच मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर गरी सेवा प्रवाहको औपचारिक सुरुवात गरिएको हो ।
गोरखापत्रकी पत्रकार चाँदनी हमालले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ । आमसञ्चार तथा पत्रकारिता अन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम (टप) भएकोमा उहाँलाई पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहमा आज उक्त स्वर्ण पदक प्रदान गरिएको हो । काठमाडौँस्थित कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२२’ की छात्रा हमालले ३.५७ जिपिए अङ्कसहित ‘एमएएमसिजे’ कार्यक्रममा विश्वविद्यालय टप गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
अमेरिका र इरानबिच भएको दुई साताको अस्थायी युद्धविरामको समय बुधबार सकिँदै छ । दोस्रो चरणको शान्तिवार्ताका लागि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउन लाग्नुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । इरानले भने वार्तामा कसलाई पठाउने भन्नेबारे निर्णय गरिनसकेको बताइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नहुने स्पष्ट पार्नुभएको छ । यी संस्थालाई थप सुधारमार्फत सुदृढ बनाएर सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ ।
बिरामीको उपचार गरेको दृश्य सामाजिक सञ्जालमा राखेपछि एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ । मेडिकल काउन्सिलले सामाजिक सञ्जाल टिकटकमा भाइरल भएका भिडियो सामग्रीका विषयमा डा. सुधीरप्रसाद साहलाई स्पष्टीकरण सोधेको हो । भिडियो सामग्रीले पेसागत आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको छ ।
प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रतिनिधित्व नभएको निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचनमा विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रलाई केन्द्रित गरी समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको हो । रास्वपाले जिम्मेवारीसहित प्रतिनिधित्व गर्ने सांसदहरूको विस्तृत विवरण नाम, जिम्मेवारी, क्षेत्र तथा सम्पर्क नम्बर सार्वजनिक गरेको हो ।
सरकारले बालश्रमलाई पूर्ण रूपमा निषेध र नियमन गर्न ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८२’ को मसौदा तयार गरेर सरोकारवालाबाट सुझाव लिने गरी सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २५ वर्ष पुरानो बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ लाई प्रतिस्थापन गर्न यो नयाँ विधेयक ल्याएको हो ।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ का निम्ति ठुलो तनाव खेप्नु परेको विगत छ । वर्तमान सरकारले त्यसमा व्यापक सरलीकरण गरेको छ । अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । एनओसी विद्यार्थी आफैँले प्रिन्ट गरेर लिन सक्ने गरी सहजीकरण गरिएको छ ।
वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलिया पक्राउ परेका छन् ।