• ९ वैशाख २०८३, बुधबार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, वैशाख ९ गते । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ३१ पैसा र बिक्रीदर १४९ रुपियाँ ९१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ६९ पैसा र बिक्रीदर १७६ रुपियाँ ३९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ८४ पैसा र बिक्रीदर २०२ रुपियाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपियाँ ५३ पैसा र बिक्रीदर १९२ रुपियाँ ३० पैसा कायम गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ९५ पैसा र बिक्रीदर १०७ रुपियाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३४ पैसा र बिक्रीदर १०९ रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ४२ पैसा र बिक्रीदर ११७ रुपियाँ ९० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ९१ पैसा र बिक्रीदर २१ रुपियाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ८१ पैसा र बिक्रीदर ३९ रुपियाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ९६ पैसा र बिक्रीदर ४१ रुपियाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ६५ पैसा र बिक्रीदर ४० रुपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १६ पैसा र बिक्रीदर १० रुपियाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३३ पैसा र बिक्रीदर १६ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५१ पैसा र बिक्रीदर २३ रुपियाँ ६० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ०७ पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपियाँ ३८ पैसा र बिक्रीदर ४८९ रुपियाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९७ रुपियाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपियाँ ८१ पैसा र बिक्रीदर ३८९ रुपियाँ ३७ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस