सल्यानमा विद्युत् तार सर्ट भई बाख्रा खोरमा भएको आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ ।
सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली समिति मस्यौदा समितिको प्रतिवेदन २०८३ बुझाइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ ।
नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले विद्यार्थी सङ्गठन राजनीतिक दलहरुसँग वैचारिक आस्थाले जोडिएका संस्था मात्र नभइ बेथिती र विसङ्गतीविरुद्ध खबरदारी गर्ने आधिकारिक संस्था रहेको बताउनुभएको छ।
संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १२८ रन बनाएको हो ।
सन् २०२५ मा आप्रवासन मार्गमा लगभग सात हजार ९०० व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मङ्गलबार सार्वजनिक उक रिपोर्टमा भनेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने स्पष्ट पार्नुभएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस. पल कपुर बिच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
मध्यपूर्वमा चर्किंदै गएको युद्धको पृष्ठभूमिमा निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा व्यक्तिगत आक्षेप लगाउँदै उहाँलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको टिप्पणी गर्नुभएको छ ।
पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्णबहादुर श्रेष्ठ (सिनियर डिभिजनल इन्जिनियर)सहित दुई जनाविरुद्ध चार करोड २२ लाख ७५ हजार ९८५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ ।
दाङमा दुई बर्षको अवधिमा सवारी दुर्घटनामा एक सय ३९ जनाको मृत्यु भएको छ ।
उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र दक्षिण कोरियाबिच गुप्तचर साझेदारीमा चिसोपन देखिएको छ । सियोलका एक मन्त्रीको टिप्पणीपछि वासिङ्टनले उत्तर कोरिया सम्बन्धी केही उपग्रह खुफिया जानकारी साझेदारीमा आंशिक सीमितता लगाएको विवरण सार्वजनिक भएको छ ।
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान)लाई नियुक्त गरेको छ ।