लाखेनाच भन्नेबित्तिकै विशेष गरी नेवार समुदायको बसोबास रहेको स्थानमा प्रदर्शन गरिन्छ भन्ने बुझाइ छ तर मगर समुदायको बसोबास रहेको पाल्पाको निस्दी गाउँपालिका–५, बेलौजीमा ५९ वर्षदेखि निरन्तर लाखेनाच प्रदर्शन हुँदै आएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङले गत आर्थिक वर्षमा झण्डै दस हजार किसानलाई प्राविधिक सेवा प्रदान गरेको ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो ।
श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्रा तथा रोपाइँ जात्रा नगरपालिकाको सबैभन्दा ठुलो उत्सव हो । सोही अवसरमा भदौ १ गते रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने बलियो आधार तयार भएको बताउनुभएको छ ।
‘श्रीकृष्णजन्माष्टमी’ पर्व शनिबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
सरकारले श्रम स्वीकृति नलिई साउदी अरबमा कार्यरत नेपाली श्रमिकलाई वैधानिकीकरण गर्ने कार्य सुरु गरेको छ । साउदी अरबस्थित नेपाली दूतावास रियादले शुक्रबार आठ वर्षदेखि रियादमा कार्यरत अजय दङ्गालको बायोमेट्रिक लिई श्रम वैधानिकीकरणलाई औपचारिकता दिएको हो ।
उखुको अनुदानलाई निरन्तरता दिन माग गर्दै देशभरका अगुवा उखु किसान सङ्घीय राजधानी काठमाडौँ पुगेका छन् । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि बजेट विनियोजन नगरेपछि उखु किसान असन्तुष्ट छन् । किसानले दुई साताअघि आआफ्नो जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै साउन महिनाभित्र अनुदान रकमबारे निर्णय गर्न समय दिएका थिए ।
नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको औसत दैनिक खर्च र बसाइमा आसलाग्दो सुधार हुन सकेको छैन । पर्यटन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार नेपाल भ्रमण गर्ने पर्यटकको औसत दैनिक खर्च ४०.८ अमेरिकी डलरमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ४१ डलर रहेको थियो ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको जलवायु परिवर्तनको असर न्यूनीकरणसम्बन्धी राष्ट्रियस्तरको सम्मेलनमा सहभागी हुन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
पुरातात्त्विक सम्पदाका रूपमा रहेको डडेलधुराको अजयमेरुकोट दरबार र दार्चुलाको उकुमा मन्दिरबारे खोज तथा अध्ययन जारी छ । विगत तीन वर्षदेखि पुरातत्त्व विभाग र स्थानीय सरकारको समन्वयमा विज्ञहरूले नयाँ तथ्य पत्ता लगाइराखेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिन्धु सम्झौता अन्यायपूर्ण भएको भन्दै भारतीय कृषकको हकमा रगत र पानी सँगसँगै नबग्ने चेतावनी दिनुभएको छ । उहाँले भारत परमाणु धम्की नसहने पनि स्पष्ट गर्नुभयो । भारतको ७९ औँ स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नयाँदिल्लीको लालकिल्लामा सम्बोधन गर्दै मोदीले पाकिस्तानप्रति लक्षित गरेर अब त्यस्ता धम्की नसहने बताउनुभएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी माघ मसान्तसम्म फाइभजी सेवा सुरु गर्न निर्देशन दिनुभएको छ ।
भ्रष्टाचारका मुद्दा सुनुवाइ गर्ने क्षेत्राधिकार पाएको विशेष अदालतमा न्यायाधीश फेरिएका छन् । विशेषका हालका अध्यक्ष टेकनारायण कुँवर तथा चार सदस्यको सरुवा भएको छ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारलाई परामर्श दिएको छ ।