• १० वैशाख २०८३, बिहिबार

बकैया खोलामा डुबेर एक जनाको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, वैशाख ८ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित बकैया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । 

सोमबार दिउँसो बकैया–८ र ३ को सिमानामा पर्ने उक्त खोलामा बकैया–९ च्याउच्याका ३५ वर्षीय लाक्पा भोलनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हात्तीसुडेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक जानकारी अनुसार भोलन पौडी खेल्न खोलामा गएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभएको छ ।