देशमा हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै बाँकेको राप्ती नदी किनारका बस्तीमा बसोवास गर्ने नागरिकहरूले बाढी तथा कटानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग गरेका छन्।
मोरङमा ठुलो परिमाणको लागु औषधसहित एक व्यक्तिलाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ । सोमबार राति रतुवामाई नगरपालिका–१ स्थित हटिया क्षेत्रमा प्रहरीले दुई राउण्ड हवाइ फायर गरी स्थानीय रतुवामाइ नगरपालिका वडा नं. १ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडको निवेदनमा गत चैत २२ गते जलविद्युत् परियोजनाको निर्माण कार्य नरोक्न अन्तरिम आदेश जारी गरेको छ।
गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै विपद् पर्ने बित्तिकै सशस्त्र प्रहरी बलकै सम्झना आउँछ । आपत् प-यो कि सशस्त्रलाई सम्झने उहाँको बानी नै परिसक्यो ।
महोत्तरी जिल्लाका उत्तरवर्ती क्षेत्रका किसानहरू पशुपालन व्यवसायतिर आकर्षित भएका छन् । जिल्लाका बर्दिवास, गौशाला, भङ्गहा, औरही नगरपालिकाका, सोनमा र सम्सी गाउँपालिकाका विभिन्न वडाका किसानहरू पछिल्लोपटक पशुपालन व्यवसायतर्फ आकर्षित भएका छन् ।
अमेरिका र इरानबिच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । वार्ताको भविष्य अन्योलमा परिरहेका बेला कूटनीतिक प्रयासहरू पुनः पाकिस्तानमा केन्द्रित हुने सङ्केत देखिए पनि तेहरानले सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक नगरेपछि स्थिति अझ जटिल बनेको छ ।
शैक्षिक सत्र २०८३ को सुरुवातसँगै पश्चिम नवलपरासीका पालिकाहरूले सङ्घीय सरकारको नीति तथा निर्देशनको अवज्ञा गरेका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा गणना सुरु गरिएको हो । यसका लागि ३५ जना परिचालन गरिएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ।
सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ ।
सरकारले नागरिकका महत्त्वपूर्ण सरकारी कागजात हुलाकमार्फत घरघरमै पुर्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारे पनि विराटनगरस्थित हुलाक निर्देशनालयको वर्तमान अवस्था हेर्दा उक्त योजना कार्यान्वयन गर्नु ‘भाँचिएको डुङ्गाले सागर तर्नु’ जस्तै चुनौतीपूर्ण देखिएको छ।
अर्जुन चौपारी गाउँपालिका–४, राम्चेवासीले हाल रहेको वडा कार्यालय परिवर्तनको माग गरेका छन् ।
कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा कर्णालीका स्थानीय तथा रैथाने उत्पादनको बजारीकरण गर्ने उद्देश्यका साथ निर्माण गरिएको कोसेलीगृह भवन उपयोगविहीन भएको छ । कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ताहित संरक्षण निर्देशनालयले करिब २०७९ सालमा सो कोसेलीगृह निर्माण गरेको हो तर अहिलेसम्म उक्त भवनको सदुपयोग हुन सकेको छैन
जाजरकोट र सुर्खेतको सिमाना एउटा लाँकुरीको रुखले छुट्याएको छ । उक्त रुखले जाजरकोटको शिवालय गाउँपालिका र सुर्खेतको चिङ्गाड गाउँपालिकालाई छुट्याएको हो । रुख भएको स्थान जाजरकोटको शिवालय गाउँपालिका–५ र सुर्खेतको चिङ्गाड गाउँपालिका–३ पर्छ । शिवालयका स्थानीयवासीका अनुसार करिब ४० वर्षअघि रोपिएको उक्त रुखले अहिले दुई जिल्लाको सिमाना छुट्याउ
बाढीपछि डेढ वर्षदेखि राजमार्ग प्रयोग गर्ने यात्रु तथा चालकले दैनिक सास्ती भोग्दै आएका छन्। विशेष गरी वर्षायाममा यात्रुहरूले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ। रोसी खोलाको किनारैकिनार बनेको राजमार्ग पुनर्निर्माण सम्पन्न नभएसम्म आगामी झण्डै डेढ वर्षसम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था देखिएको छ।