समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक मलमलादेवी मन्दिरको पुनर्निर्माण थालिएको छ । पुरानो मन्दिर अत्यन्तै जीर्ण भएकाले करिब ४० लाख रुपियाँ लगानीमा मन्दिर पुनर्निर्माण थालिएको हो । सैनामैना नगरपालिका र लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माण सुरु भएको एक वर्षभित्रै सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
गुल्मी जिल्लाका विभिन्न १३ ठाउँमा वनक्षेत्रमा आगो लागिरहेको छ । डिभिजन वन कार्यालय गुल्मीका सिनियर फरेस्टर कमल रेग्मीका अनुसार सोमबारसम्म ४३६ हेक्टर वनक्षेत्रमा आगलागी भएको छ । जिल्लामा १८ हजार २२३.८८ हेक्टरमा फैलिएको ४५८ वटा सामुदायिक वन रहेको जानकारी उहाँले दिनुभयो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरमा दुई वर्षअघि लखन्देही खोलाले भत्काएको बाँध अझै पुनर्निर्माण नहुँदा करिब २० गाउँका स्थानीय त्रासमा बस्न बाध्य भएका छन्।
तानसेनमा सम्पन्न तेश्रो तानसेन मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ९ ले हात पारेको छ । पाल्पाको तानसेन टुँडिखेल खेलमैदानमा आयोजित फाइनल खेलमा साविक विजेता वडा नं. १ लाई ४४ रनको फराकिलो अन्तरले पराजित गर्दै वडा नं. ९ ले पहिलो पटक उपाधि चुमेको हो ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता’ र ‘पूर्ण संस्थागत प्रसूति’ पालिका बनेको छ। गाउँपालिकालाई सोमबार औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ र ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ पालिकाको रूपमा घोषणा गरिएको हो।
कैलालीको ग्रामीण क्षेत्रमा महुवा सङ्कलन हुन थालेको छ । सिजन सुरु भएपछि स्थानीयले जङ्गलबाट महुवा सङ्कलन गर्न थालेका हुन् । औषधीय गुण भएको महुवा सङ्कलन गर्न अहिले ग्रामीण क्षेत्रका स्थानीयलाई भ्याइनभ्याइ भएको छ । गहुँ भित्र्याउने काम सकिएपछि उनीहरूको सक्रियता महुवा सङ्कलनमा बढेको हो । फुर्सदको समयमा गाउँघरका मान्छेले महुवा सङ्कलन गरिरहेको कैलारी गाउँपालिका–७ छटकपुर वसन्ताका दयाराम चौधरीले जानकारी दिनुभयो ।
सरकारी लापर्बाहीका कारण बैतडीको एक वडाको मालपोत र घर कर डडेलधुरा गएर तिर्नु पर्छ भन्ने सुन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ । हो, यस्तो अनौठो सास्ती ५० वर्षदेखि चलिरहेको छ ।
भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र वर्षात्का कारण स्थगित भएको थियो ।
सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १-० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो ।
अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन भारतसँगको सहकार्यमा आयोजना गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।
पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको हो ।