तुलसीपुर उपमहानगरपालिका–११, सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रमा जारी उत्खननका क्रममा फेला परेका पुरातात्त्विक सामग्री सार्वजनिक गरिएको छ।
वालिङ नगरपालिका वडा नम्बर –३ सुरडाँडामा भरूवा बन्दुक र खरखजनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको चलचित्र मायाप्रेममा आधारित छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायतको अभिनय छ ।
नवौँ विश्व नेवाः दिवसका अवसरमा नेपाल भाषा प्रशिक्षकलाई बालकविता लेखन तथा वाचन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हलिं नेवाः दबू नेपाल भाषा साहित्य दबूको आयोजनामा नेपाल भाषाका लोककवि राजभाइ जकःमिको अप्रकाशित कृति ‘भ्वंया हवाईजहाज’ (कागजको हवाईजहाज) भित्रका कविता र त्यसभित्र प्रयोग गरिएका छन्दबारे आवश्यक जानकारी स्थानीय विद्यालयका नेपाल भाषा प्रशिक्षकलाई लेखन तथा वाचनसम्बन्धी प्रशिक्षण जकःमिले दिनुभयो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ७१ पैसा र बिक्रीदर १४९ रुपियाँ ३१ पैसा तोकिएको छ ।
कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तिनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाले गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तर्क्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारसँग छलफल गरेर अवधारणापत्र तयार पारिएको जानकारी दिनुभयो ।
लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम निर्माणकार्य सुरु भएको छ। लहानको मुख्य बजारदेखि करिब आठ किलोमिटर उत्तर–पश्चिम, धार्मिक पर्यटकीय स्थल मानिकदह जाने बाटोमा सरे खोलाको दक्षिणी किनारमा रहेको १० कठ्ठा जग्गामा सोमबार धार्मिक विधिपूर्वक भूमिपूजा गरी निर्माणकार्य सुरु गरिएको हो।
कथाकार नारायण तिवारीको नयाँ कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । काठमाडौँमा शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा प्राडा दयाराम श्रेष्ठ, आख्यानकार नारायण ढकाल, कवि श्यामललगायतले कथाकृति सार्वजनिक गर्नुभयो ।
वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो ।
भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।
नेपाल पानी उद्योग महासङ्घले पानी उद्योगमा बोतल र जार उत्पादनका लागि प्रयोग गर्ने कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भए पनि त्यो परिमाणमा पानीको मूल्यवृद्धि नहुने स्पष्ट पारेको छ । महासङ्घले पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको मूल्यवृद्धिको अनुपातमा जार र बोतलमार्फत बिक्री हुने पानीको मूल्यवृद्धि नहुने स्पष्ट पारेको हो ।
विसं २०५७ मा १४१ लिटर दुधको कारोबार गर्दै स्थापना भएको एक सहकारी अहिले दैनिक तीन हजार पाँच सय लिटरको कारोबार गर्ने भएको छ । यस आधारमा उसको कारोबार रकम पनि बढेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड वार्षिक झन्डै १० करोड रुपियाँको कारोबार गरेर ठुलो संस्थाका रूपमा चिनिएको छ । सहकारीमार्फत दुध सङ्कलन, प्रशोधन र बजारीकरणमार्फत बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका किसानले दुध बेचेरै आर्थिक वर्ष २०८१/८२ मा मात्रै आठ करोड ९३ लाख बढी रकम गाउँ भित्र्याएका छन् ।
नेपालले नौ महिनामै एक खर्बभन्दा बढीको प्रशोधित तेल निर्यात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना अर्थात् साउनदेखि चैतसम्मको अवधिमा एक खर्ब दुई अर्ब ७६ करोड रुपियाँको प्रशोधित तेल निर्यात गरेको हो ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी तीव्र बनाएको छ । यस क्रममा सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच सोमबार बजेट तयारीसम्बन्धी छलफल भएको छ ।