काठमाडौँ, वैशाख ८ गते । नवौँ विश्व नेवाः दिवसका अवसरमा नेपाल भाषा प्रशिक्षकलाई बालकविता लेखन तथा वाचन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हलिं नेवाः दबू नेपाल भाषा साहित्य दबूको आयोजनामा नेपाल भाषाका लोककवि राजभाइ जकःमिको अप्रकाशित कृति ‘भ्वंया हवाईजहाज’ (कागजको हवाईजहाज) भित्रका कविता र त्यसभित्र प्रयोग गरिएका छन्दबारे आवश्यक जानकारी स्थानीय विद्यालयका नेपाल भाषा प्रशिक्षकलाई लेखन तथा वाचनसम्बन्धी प्रशिक्षण जकःमिले दिनुभयो ।
विभिन्न विद्यालयका प्रशिक्षक तथा अन्य गरी करिब ८० जनालाई प्रशिक्षण दिइएको कार्यक्रममा बालकविता लेखनमा प्रयोग हुने छन्दको प्रकारबारे प्रशिक्षक जकःमिले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा भाषाविद् पौभाः सायमि, साहित्यकार शाक्य सुरेन, साहित्यकार अन्जना शाक्य, कामनपाका प्रतिनिधि बाजागुरु धर्म मुनिकार, बुद्धिजीवी अनुराज जोशी, गायककार रिता महर्जनलगायतको सहभागिता रहेको थियो ।