दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा ग्याबिन लगाउने कार्यले एकै पटक तीन वटा संरचनालाई सुरक्षित बनाएको छ । बजारको मुख्य भागमै रहेको भिरालो क्षेत्रमा ग्याबिन लगाउँदा नयाँ बन्दै गरेको विद्यालय भवन, सडक र बस्ती सुरक्षित भएको हो ।
कालीकोटको नरहरिनाथ गाउँपालिका–८ की २७ वर्षीय भावना विष्टको उपचारका क्रममा मृत्यु भयो । प्रदेश अस्पताल सुर्खेतमा चैत ३० गते शल्यक्रियामार्फत सुत्केरी भएकी उहाँको पहिलो अपरेसन सफल भए पनि वैशाख २ गते रगत जमेको भन्दै गरिएको दोस्रो शल्यक्रियापछि अवस्था जटिल बन्यो । अवस्था बिग्रँदै गएपछि परिवारले करिब आठ लाख ६० हजार रुपियाँ खर्च गरेर चिकित्सकसहितको हेलिकोप्टर चार्टर गरी उहाँलाई काठमाडौँ लगेका थिए । काठमाडौँस्थित मेडिसिटी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, मराङमा फोहोर व्यवस्थापनका लागि घरघरमा ‘डोको डस्टबिन’ वितरण गरिएको छ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ६५ वर्षीय राजेन्द्र माझीे पक्की घर पाएपछि निकै खुसी हुनुहुन्छ । बर्सौंदेखि चुहिने फुसको छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका उहाँ अहिले पक्की घरमा ढुक्कले बस्न पाएपछि खुसी हुनुभएको हो ।
हुम्लामा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी समयमै नपुग्दा राष्ट्रिय खोप तथा पोषण अभियान प्रभावित भएको छ । समयमै भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी नपुग्दा राष्ट्रिय खोप तथा पोषणसम्बन्धी अभियान प्रभावित भएको हो ।
केही दिनदेखि अदुवाबारी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा फैलिँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओली समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । उहाँले राप्रपाबाट संसद्मा प्रमुख सचेतकको समेत जिम्मेवारी पाउनुभएको छ ।
पर्वत जिल्लाको फलेवास नगरपालिका अन्तर्गत पर्ने ४० वर्ष पुरानो नहर जीर्ण बन्दा यहाँका किसान समस्यामा परेका छन् । नहर पुरानो भएसँगै खेतीयोग्य जमिनमा पानी नपुग्दा उत्पादन घट्दै गएको छ भने नहरको दिगो सुधार हुन सकेको छैन । नहर निकै पुरानो भइसकेको छ । मुख्य नहर मात्र नभई अधिकांश शाखा नहर पनि जीर्ण अवस्थामा छन् । कतै भत्किएका छन् भने कतै पहिरोले पूरै बन्द भएको छ । जसका कारण नहरबाट पानी खेतसम्म पुग्नै गाह्रो हुन्छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा मङ्गलबार बिहान भएको आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने घटनास्थलमा दुई जनाको जलेको अवस्थामा शव फेला परेको छ।
मोरङको लेटाङ नगरपालिका–३ को कमलपुर सामुदायिक वननजिकै दुई बिघा जग्गामा दुई वटा भव्य भवन छन् । ढल डम्पिङ गर्न भवननजिकै दुई वटा विशाल ट्याङ्की बनाइएको छ । सुरक्षागार्ड बस्ने
बाढीका कारण पूर्वी पहाडी तथा तराईका जिल्ला जोड्ने बिपी राजमार्ग अन्र्तगत १ नम्बर पुल (भकुन्डे) देखि सिन्धुलीको नेपालथोकसम्मको २८ किलोमिटर सडक क्षतिग्रस्त भएको डेढ वर्ष भइसक्दा
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) को निर्माण कार्य सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक मलमलादेवी मन्दिरको पुनर्निर्माण थालिएको छ । पुरानो मन्दिर अत्यन्तै जीर्ण भएकाले करिब ४० लाख रुपियाँ लगानीमा मन्दिर पुनर्निर्माण थालिएको हो । सैनामैना नगरपालिका र लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माण सुरु भएको एक वर्षभित्रै सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा