उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावत अस्थायी रूपमा बन्द गरिएको छ। पदमार्ग स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढिरहेका कारण पाँच दिनका लागि खच्चड ओहोरदोहोर रोकिएको गाउँपालिकाले जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ ।
जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन रु ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ ।
जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको प्रसारण लाइन नसकेको हो ।
गर्मी बढेसँगै गुल्मीका विभिन्न वन क्षेत्रमा आगलागीका घटना बढ्दै गएका छन्। रेसुङ्गाको गौशाला नजिक साउने र फुलबारी वन क्षेत्रमा तीन दिनदेखि आगलागी भइरहेको छ। धुर्कोट, गुल्मीदरबार, इस्मा, मुसिकोट लगायतका स्थानीय तहका विभिन्न जंगलमा पनि आगलागी भइरहेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नेपालमा अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो लामो समयदेखि सुनिँदै आएको हो । अर्थतन्त्र चलायमान हुन नसक्दा माग पक्ष कमजोर हुन्छ । लगानी बढ्न सक्दैन । रोजगारीमा पनि प्रतिकूल प्रभाव पर्छ । कमजोर आर्थिक गतिविधिले अर्थतन्त्रका सबै आयाम क्रियाशील हुन सक्दैनन् । सरकारी राजस्व पनि कमजोर हुन्छ । उपभोक्ताको क्रयशक्ति र नगद प्रवाह कमजोर हुँदा पनि अर्थतन्त्र चलायमान हुन अप्ठेरो भएको हुन सक्छ । नगद प्रवाह बढाउने विश्वका धेरै मुलुकमा अनेक उपाय अवलम्बन गरिएको हुन्छ । कतिपय मुलुकले कर्मचारी तथा कामदारलाई साप्ताहिक रूपमा पनि तलब भत्ता प्रदान गर्छन् । नगद प्र
जेनजी आन्दोलनपश्चात् सम्पन्न आमनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोटो समयमै झन्डै दुई तिहाइ बहुमतसहित प्रमुख राजनीतिक दलका रूपमा उदाएको छ । नागरिकले प्रतिनिधि सभाका २७५ सिटमध्ये १८२ सिटमा विजय गराउँदै स्थायी र शक्तिशाली सरकार निर्माण गर्ने स्पष्ट जनादेश प्रदान गरे । यो परिणाम केवल सामान्य चुनावी जित हार मात्र नभई राजनीतिमा नयाँ पुस्तागत रूपान्तरणको स्पष्ट राजनीतिक अभिव्यक्ति पनि हो ।
हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।
सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको आधुनिक बसपार्क यही बुधबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ।
युद्धमा बज्रिएका क्षेप्यास्त्र ध्वनि टाढाबाट गुन्जिन्छ तर त्यसको कम्पन हाम्रो जेब, हाम्रो भान्सा र हाम्रो दैनिक जीवनमा महसुस भइरहेको छ । क्षेप्यास्त्र कहाँबाट छुट्छ भन्ने हाम्रो नियन्त्रणमा छैन । त्यसको असर कति ठुलो हुने छ भन्ने हाम्रो आफ्नै आर्थिक संरचनाले निर्धारण गर्छ । हामीले बाह्य धक्कालाई हाम्रो नियन्त्रणमा छैन भनेर सहिरहने कि संरचनागत सुधारको साहसी बाटो रोज्ने ? यही दोबाटोमा आज नेपाल उभिएको छ । यद्यपि इरा
पछिल्लो ७५ वर्षका अवधिमा सत्तामा धेरै आए/गए । जो जो आए, तिनका पालामा गुठी भनेको केही होइन, यो जग्गा हो, यसमा कुत, मोही जोडिएको छ । यसलाई सजिलो र बलियो पार्नु पर्छ, देवालय–शिवालयका देवीदेवता बोल्दैनन् । अरू जेसुकै होस् भन्ने चिन्तनका कारण गुठी प्रणाली अतिक्रमित हुँदै गयो । हिजो हाम्रा पुर्खामा गुठी राख्नुको मूल कारण ती कीर्ति चन्द्र–सूर्य रहेसम्म मासिँदैन भन्ने थियो । यसैले हुनेखाने,
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ।
बागलुङ नगरपालिका वडा नं. ७ को कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । सोमबार कालीमाटीस्थित वडा कार्यालयको भवन उद्घाटन गरिएसँगै वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।
वित्तीय क्षेत्रमा महिलाको सहज पहुँच तथा आर्थिक सामाजिक पूर्वाधारको उपलब्धता र विस्तारमार्फत अर्थतन्त्रको विकास गर्ने राज्यको सङ्कल्प छ । राज्यले उद्योग क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न महिलालाई आर्थिक रूपले सम्पन्न बनाउने नीति अङ्गीकार गर्दै महिलाको आर्थिक उन्नति र विकासका लागि बजेटमार्फत विभिन्न योजना अघि सारेको छ । स्रोतसाधनको न्यायोचित वितरण गरी महिला उद्यमशीलताको प्रवर्धन गर्ने राज्य