नेपालले नौ महिनामै एक खर्बभन्दा बढीको प्रशोधित तेल निर्यात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना अर्थात् साउनदेखि चैतसम्मको अवधिमा एक खर्ब दुई अर्ब ७६ करोड रुपियाँको प्रशोधित तेल निर्यात गरेको हो ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी तीव्र बनाएको छ । यस क्रममा सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच सोमबार बजेट तयारीसम्बन्धी छलफल भएको छ ।
सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद नभएको व्याख्या गरेको छ । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन आयोगले काउन्सिलको सदस्य लाभको पद हुने भन्दै डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको विवादमा सर्वोच्चले सो व्याख्या गरेको हो । अदालतले उक्त पदलाई सरकारी कोषबाट पारिश्रमिक/सुविधा प्राप्त हुने संवैधानिक मापदण्डमा राख्न नमिल्ने व्याख्या गरेको हो ।
नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्नका लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ । कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेही संयोजक रहेको संसदीय दलको नेता निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो । सहमहामन्त्री रसाइलीले सोमबार निर्वाचन कार्यतालिका प्रकाशित गरिएको र वैशाख १० गते विधान तथा निर्वाचन निर्देशिकाका सन्दर्भमा सांसदसँग छलफल, मतदाता नामावली प्रकाशन, मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने बताउनुभयो । उहाँले वैशाख ११ गते उम्मेदवारी दरखास्त, उम्मेदवारको नामावलीसहित उम्मेदवारको अन्तिम नामावली गरेर मतदान गरी निर्वाचन परिणाम घोषणा गरिने जानकारी दिनुभयो ।
हेलो सरकारमा निःशुल्क रूपमा (फ्री भिसा) मा विदेश काम गर्न जान पाइन्छ कि पाइँदैन भनेर सबैभन्दा बढी सोधीखोजी हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जान सेवा शुल्कबापत १० हजार रुपियाँभन्दा बढी लिए कारबाही गर्ने निर्णय गरेपछि जनताले हेलो सरकारमार्फत सोधीखोजी गर्न थालेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय, केन्द्रीय सल्लाहकार परिषद् तथा सङ्घीय नेतृत्व परिषद् विस्तार गरेको छ । बैठकले पार्टीको महामन्त्रीमा भूपदेव शाहलाई मनोनयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा रास्वपका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदा शाह उहाँका स्वकीय सचिव हुनुहुथ्यो । केन्द्रीय समितिको बैठकले सचिवालय सदस्यमा शाहसहित प्रतिनिधि सभा सदस्य सागर ढकाल र पूर्वसञ्चारकर्मी सरिताश्री ज्ञवालीलाई समेत मनोनयन गर्ने निर्णय गरेको छ । योसँगै रास्वपाको सचिवालय सदस्याको सङ्ख्या १६ पुगेको छ ।
ट्राफिक प्रहरीले यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने ५५ सवारीसाधनलाई कारबाही गरेको छ ।
नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम तीन दिन अवधि दिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिनुभएको छ।
गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत विकास योजना छनोटसम्बन्धी अन्तरक्रिया गरिएको छ ।
चीनको वेइजिङस्थित नेपाली दूतावासले दूतावास परिसरमा अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा सोमबार कार्यक्रम आयोजना गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ ।
वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौंमा स्थापित वानीरा सभागृहमा ‘नेपाली भाषा साहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समेत समर्पित श्री माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानविनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताउनुभएको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले 'म जिम्मेवारी चालक' अभियान सञ्चालन गरेको छ ।