कुनै पनि राष्ट्रको उद्भव र विकासमा ऐतिहासिक योगदान दिने महान् व्यक्तित्व सधैँ गौरवको शिखरमा रहन्छन् । नेपालमा पृथ्वीनारायण शाह (विसं १७७९–१८३१) को योगदान सदैव त्यो स्थानमा छ; रहिरहने छ ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोगको यही २०८२ पुस १२ गतेको निर्णय अनुसार स्वीकृत निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भएको छ । निर्वाचन आचारसंहिताको दफा १७ मा निर्वाचनको मौन अवधिमा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।
। पश्चिम म्याग्दीको मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाको सिमानामा पर्ने खोलामा मोटरेबल पुल निर्माण गरिदिनु पर्ने माग गर्दै दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहीबारदेखिको अवरोध सोमबारसम्म पनि कायमै रहेको छ ।
बढ्दो आधुनिकतासँगै सर्वसाधारणको जीवनशैली र सामाजिक व्यवहारमा रेडिमेड उपभोग्य सामग्रीको बढ्दो प्रयोगले स्वाभाविक मानवीय गुणहरूमाथि पनि हस्तक्षेप सुरु गरिसकेको छ । जमिन, ज
१२० वर्ष अघिको गोर्खापत्र
थारू समुदायको नयाँ वर्ष माघी (माघ) पर्वको अवसर पारेर कैलालीमा नगरस्तरीय थारू माघ महोत्सव आयोजना हुने भएको छ । मौलिक संस्कृति, संस्कार प्रवर्धन गर्ने उद्देश्यले गोदावरी नगरपालिका–८, मजगाउँस्थित थारू सङ्ग्रहालयमा थारू माघ महोत्सव आयोजना हुने भएको हो । बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यु खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा माघ १२ देखि १४ गतेसम्म महोत्सव हुने छ ।
तामाङ भाषालाई गुगल अनुवादमा लैजाने तयारीसहित समुदायस्तरमा सुझाव सङ्कलन कार्य सुरु भएको छ । तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष भाषाविद् अमृत योन्जन तामाङले नेपालमा बसोबास गर्ने करिब १४ लाख आदिवासी तामाङ समुदायले बोल्ने तामाङ भाषालाई गुगल अनुवाद सेवामा समावेश गर्ने लक्ष्यसहित थप काम भइरहेको जानकारी दिनुभएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९५ पैसा र बिक्रीदर १४४ रुपियाँ ५५ पैसा तोकिएको छ ।
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
विदेशमा परामर्श दिएर नेपालीले गर्ने आम्दानी बढ्न थालेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना अर्थात् मङ्सिरसम्म नेपालीले आकर्षक आम्दानी भित्र्याएका छन् ।
स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार एक सय रुपियाँले बढेर दुई लाख ७४ हजार सात सय रुपियाँमा कारोबार भएको छ ।
सरकारले सुपारी, केराउ र मरीचको आयात खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना निकालेर उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी, सेतो र कालो मरीच आयातका लागि अनुमति खुला गरेको हो ।
मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनसम्बन्धी कार्य गर्न एनआइसी एसिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेन्छियाम हाइड्रोपावर एक सय रुपियाँ अङ्कित दरका ५४ लाख २५ हजार ८३३ कित्ता सेयरले हुन आउने रकम ५४ करोड २५ लाख ८३ हजार तीन सय रुपियाँको १:१ बराबर हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा वार्षिक एक लाख बढीको हाराहरीमा पर्यटक आए तर त्यहीँ नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा न्यून मात्रामा गएको देखिएको छ । गत आर्थिक वर्षमा तिलौराकोटमा स्वदेशी तथा विदेशी गरी एक लाख सात हजार ९५८ पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ तर त्यसको २० प्रतिशत पनि नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा गएको देखिएन ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मदुईका उदयराम पुनले कालिजपालनबाट राम्रो आम्दानी गर्नुभएको छ । उहाँले वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर पनि विदेशभन्दा धेरै पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।