बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर-१ होलियाको पिप्रहवा गाउँका बासिन्दाहरु केही समय अघिसम्म राप्तीनदी कतिबेला गाउँ पस्छ भनेर सधै त्राषमा हुन्थे ।
यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर दुई हजार ८२५ दशमलव २३ बिन्दुमा कामय भएको हो ।
काभ्रेको बनेपा नगरपालिका वडा नं. ३ वतन भएका हिमाल तराई कन्सट्रक्सन प्रालिका प्रोप्राइटर राजमान तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ । यससँगै तराईका जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।
राजधानी असन्सियोनस्थित एक प्रमुख फुटबल रङ्गशालामा ओलिम्पिया र सेरो पोर्टेनोबिचको खेल हिंसात्मक भिडन्तका कारण बीचमै रोकिएपछि पराग्वेमा खेलकुद सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत १३औँ बैठकमा प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन सङ्घीय सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतका नवनिर्वाचित संसदीय समितिका सभापतिहरूले आज सभामुख डोलप्रसाद अर्यालसँग भेट गर्नुभएको छ।
उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पपछि तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन दिइएको छ ।
२५औँ आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ ।
गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पार्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले अब आफ्ना सेवाहरू जनताको घरदैलोमै पुर्याउने व्यवस्था सुरु गरेको छ ।
सूचना मूलक सन्देशहरु गायर गाउँघरमा सुमधुर सारङ्गीको धुन बज्ने दृश्य गाउँघरमा अहिले कमै मात्र देख्न पाइन्छ । अझ नयाँ पुस्ताले यसप्रति चासो दिन छाडेपछि अहिले गाउँघरमा सारङ्गी बाजा बज्न छाडेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई सहज रूपमा, छिटोछरितो, बिना कुनै हैरानी प्रभावकारी रुपमा सेवा प्रदान गरी न्यायको अनुभूति गराउने उद्देश्यले नागरिक सहजकर्ता प्रहरी खटाइएको छ ।
सूचना प्रविधि विभागले सरकारी वेबसाइटलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ ।
गुल्मीमा एक हप्ताको समय अवधिमा १०४ जनाले राहदानी बनाउँदा पाँच लाख बढी राजस्व सङ्कलन भएको छ ।