बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा वार्षिक एक लाख बढीको हाराहरीमा पर्यटक आए तर त्यहीँ नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा न्यून मात्रामा गएको देखिएको छ । गत आर्थिक वर्षमा तिलौराकोटमा स्वदेशी तथा विदेशी गरी एक लाख सात हजार ९५८ पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ तर त्यसको २० प्रतिशत पनि नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा गएको देखिएन ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मदुईका उदयराम पुनले कालिजपालनबाट राम्रो आम्दानी गर्नुभएको छ । उहाँले वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर पनि विदेशभन्दा धेरै पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा नौ करोडभन्दा धेरै नाफा गरेको छ । आव २०८०/८१ मा आठ करोड ४९ लाख आठ हजार ५८९ रुपियाँ नाफा गरेको कम्पनीले गत आव २०८१/८२ मा नौ करोड ८४ लाख २२ हजार ३५९ रुपियाँ नाफा गरेको गरेको हो । अघिल्लो वर्षभन्दा गत आवमा एक करोड ३५ लाख १३ हजार ७७० रुपियाँ नाफा गरेको सोमबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले सरकारले नसर्ने रोगको रोकथाममा प्राथमिकता दिएको बताउनुभएको छ । नेपाल एनसिडी एलायन्सले आयोजना गरेको ‘नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी’ अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले हाल सरकारको खर्चको सबैभन्दा ठुलो हिस्सा नसर्ने रोगको उपचारमा हुँदै आएको बताउनुभयो । क्यान्सर, मिर्गौला र मुटु जस्ता रोगको उपचारमा वार्षिक अर्बौं रुपियाँ खर्च गरिएको स्मरण गर्दै उहाँले यी रोगका लागि रोकथाममा भने कम प्राथमिकता रहेको बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक विषयमा परामर्श गर्न बैठक बस्ने भएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभएको छ ।
डिभिजन वन कार्यालय धनगढीले कैलालीको चुरे क्षेत्रबाट ५३१.४५ क्युफिट चिरान गरिएको सालको काठ बरामद गरेको जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्ट्राचार नियन्त्रणका साथै समुनत नेपाल निर्माणका लागि डिजिटल रुपान्तरण अनिवार्य भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबार बस्ने भएको छ । बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजना हुने पार्टीले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
सल्यानको शारदा नगरपालिकाको तीन हजार २८० घरधुरीमा सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको छ । स्वास्थ्यमा सुधार ल्याउने, घरभित्रको धुवाँ न्यूनीकरण गर्ने तथा दाउराको खपत कम गर्ने उद्देश्यले चुलो वितरण गरिएको हो ।
स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा माघी महोत्सव आयोजना गरिएको छ । शनिवारदेखि बेलौरीको खुलामञ्चमा “राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, संस्कृति बचैना हमार अभियान” नाराका साथ बेलौरी नगर भलमन्सा समितिले माघी महोत्सवको आयोजना गरेको हो ।
नवलपुरमा थारू समुदायको नयाँ वर्ष (माघी पर्व) को रौनक छाएको छ । थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गर्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग सोमबार गान्धीनगरमा प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नु भएको छ ।