बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको दुई दशकमा करिब २४ अर्ब रुपियाँ खर्च हुँदा २४ हजार भन्दाबढि हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।
देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले सूर्यविनायक नगरपालिकाले बाल संसद् अभ्यास सुरु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताउनुभएको छ ।
आइतबार राति भएको खेलमा जर्मन महारथी बायर्नले भिएफबी स्टुटगार्टलाई ४–२ गोलले हरायो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङको सम्पति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गर्नुभएको छ ।
सरकारी सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउन सरकारले हुलाक कार्यालयलाई सक्रिय बनाउने निर्णय गरेको छ।
नेपालको पुँजी बजारमा हालै लागू गरिएका नीतिगत व्यवस्थाहरूलाई गैरकानुनी, षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा ल्याइएको आरोप लगाउँदै नेपाल सेयरबजार लगानीकर्ता सङ्घले सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा निवेदन दिएको छ ।
नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले राष्ट्रिय प्रतियोगितासहित महत्त्वपूर्ण निर्णय गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा गैरकानुनी रूपमा शर्त लेखेको पाइएपछि दुई जना अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।
मध्यपूर्वमा जारी तनाव र युद्धविरामको समयसीमा नजिकिँदै गर्दा इरानले हाल संयुक्त राज्य अमेरिकासँगको वार्तामा भाग लिने कुनै योजना नभएको स्पष्ट पारेको छ ।
कुपोषण न्यूनीकरण र स्वस्थ समुदाय निर्माणलाई केन्द्रमा राख्दै कालिमाटी गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन अभियानलाई तीव्रता दिएको छ ।
आदिवासी जनजाति आयोग र व्यास नगरपालिकाको संयुक्त आयोजनामा दमौलीमा सम्पन्न ‘अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रियामा विज्ञहरूले मौलिक संस्कृतिको कानुनी संरक्षणमा जोड दिएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले तीन वटा संसदीय उपसमिति पुनर्गठन गरेको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनाइएका बागमती प्रदेश सरकारका भवनहरूको मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन थालिएको छ ।
शिक्षा क्षेत्रमा सरकारी लगानी घट्दै गएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय रूपमा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी शिक्षामा पुर्याउने लिखित प्रतिबद्धता व्यक्त गरे पनि हालसम्म त्यति बजेट विनियोजन गरिएको छैन ।