गुल्मीको सदरमुकाम तम्घासमा लक्ष्मीपुर पार्क उद्घाटन निर्माण गरिएको छ।
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि आज यहाँ आउनुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले साक्षी परीक्षणपछि कानुन निर्माण गरिने स्थापित मान्यता भएको बताउनुभएको छ ।
मलेसियाको बोर्नियो टापुको तटीय बस्तीमा आइतबार बिहान भएको भीषण आगलागीले ठुलो मानवीय सङ्कट निम्त्याएको छ । समुद्रमाथि काठका खम्बामाथि बनाइएका घना घरमा लागेको आगो तीव्र गतिमा फैलिँदा करिब एक हजार घर पूर्णरूपमा नष्ट भएका छन् भने नौ हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गर्नुभएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो ।
चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित हुनुभएको छ । यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु हिंसाको घटनाले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ । घटनामा एक व्यक्तिले आफ्नै परिवारका अधिकांश सदस्य रहेका आठ बालबालिकालाई गोली हानेर हत्या गरेका छन् ।
कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापनासँगै औपचारिक रूपमा उद्घाटन भएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले आज दिउँसो ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको राससलाई जानकारी दिनुभयो । उक्त बैठकमा अनिवार्य उपस्थितिका लागि रास्वपाले पार्टीका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेको छ । यसैबीच, आइतबार रास्वपाको सचिवालय बैठक पनि बसेको थियो ।
कपिलवस्तु प्रहरीले अवैध हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनामा स्थानीयवासीले पनि लगानी गर्न पाउने भएका छन् ।
प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको बृहत्तर विकासका लागि तयार पारिएको गुरुयोजना बजेट अभावमा विगत १६ वर्षदेखि अलपत्र परेको छ ।
पश्चिम नवलपरासीको महेशपुर-परासी सडकखण्डको निर्माणाधीन कार्यमा भएको चरम लापरबाही र ढिलासुस्तीको विरोध गर्दै स्थानीय बासिन्दाहरूले सोमबार सडक अवरुद्ध गरेका छन् ।
अर्घाखाँचीको सितगङ्गा नगरपालिकासँग सीमा जोडिएको प्युठानको माझीदमारमा प्रसूति सेवा सञ्चालनमा ल्याइएको छ । ऐरावती गाउँपालिका–१ स्थित माझिदमार सामुदायिक स्वास्थ्य इकाईमा प्रसूति सेवा विस्तार गरिएको हो ।
लमजुङका चार वटा पालिकाका विद्यालयले वैशाख १० गतेदेखि पठनपाठन सञ्चालन गर्ने भएका छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले २०८३ को शैक्षिकसत्र वैशाख १५ बाट सुरु गर्न निर्देशन दिए पनि लमजुङका स्थानीय तहहरुले वैशाख १० बाट पठनपाठन सञ्चालन गर्न लागेका हुन् ।