प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग सोमबार गान्धीनगरमा प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नु भएको छ ।
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रतता हननका १२१ घटना घटेको पाइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गर्नु भएको छ ।
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराले भुकम्प सुरक्षासम्बन्धी दिवसीय कार्यक्रमको औचित्य पुष्टि हुनुपर्ने बताउनुभएको छ ।
सरकारले राष्ट्रिय सभाको अधिवशेन आह्वानका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको छ ।
नेपाली कांग्रेस पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको एकता कायम राख्न अपिल गर्नु भएको छ ।
चर्चित कलाकार निश्चल बस्नेतले इलामको साँखेजुुङस्थित स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनु भएको छ ।
आँधीखोला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ खेलकुद प्रतियोगिता सोमबारबाट सुरु भएको छ ।
थारू समुदायको नयाँ वर्ष माघ (माघी) २०८२ को अवसरमा काठमाडौँमा माघी महोत्सव हुने भएको छ । महोत्सवको उदघाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने आयोजक संस्थाका पदाधिकारीहरुको भनाइ छ ।
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई संस्थानकाे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका प्रमुख स्वकीय उद्धवप्रसाद भट्टराईले बताउनुभयो ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियाको जिद्दामा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ गोलले हरायो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीलाई अत्यधिक संयम अपनाउन र देशभित्र सूचना पहुँच सुनिश्चित गर्न आग्रह गर्नु भएको छ । आइतबार महासचिवका प्रवक्ताले उक्त जानकारी दिनु भएको छ ।