संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीलाई अत्यधिक संयम अपनाउन र देशभित्र सूचना पहुँच सुनिश्चित गर्न आग्रह गर्नु भएको छ । आइतबार महासचिवका प्रवक्ताले उक्त जानकारी दिनु भएको छ ।
जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
मेटाले सोमबार अस्ट्रेलियालाई १६ वर्ष मुनिका किशोरको लागि विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबिच कम्पनीले नयाँ कानुन अनुसार पाँच लाख ४४ हजार भन्दा बढी खाता ब्लक गरेको जनाएको छ ।
भेनेजुएलाले आइतबार क्युबासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहोर्याउँदै भ्रातृत्व, ऐक्यबद्धता, सहकार्य र सिद्धान्तप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ । वाशिङ्टनबाट क्युवासँगको सम्बन्ध तोड्न बढ्दो दबाबका बाबजुद भेनेजुएलाले आफ्नो अडान कायम राखेको हो ।
राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान जोड्ने पैयाखरे–राम्री सडक खण्डमा सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द हुने भएको छ ।
अफगान प्रहरीले सोमबार उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा दुई अपहरणकारी लुकेको ठाउँमा छापा मारी दुई जना बच्चालाई उनीहरूको कब्जाबाट उद्धार गरेको प्रान्तीय प्रहरी प्रवक्ता नकीबुल्लाह अलाम्यारले बताउनुभएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले सोमबार प्रक्षेपण गरेको रकेटमार्फत १६ वटा उपग्रह कक्षमा राख्ने मिसन असफल भएको छ । रकेटको तेस्रो चरणमा प्राविधिक गडबडी देखिएपछि उपग्रह निर्धारित कक्षमा पुग्न नसकेको इसरोले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान अवस्थासम्बन्धी विषयमा आफ्नो प्रशासनले विभिन्न सम्भावित विकल्पबारे विचार गरिरहेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गर्नु भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की जिल्लामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ ।
धरान उपमहानगरपालिकाको तत्कालीन धरान नगर पञ्चायतका पूर्व प्रधानपञ्च, पूर्व सञ्चार सहायकमन्त्री कृष्णकुमार राईको निधन भएको छ ।
काठमाडौं महानगरपालिका–१३, गैरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताले बताएका छन् ।
रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमा जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गर्थ्याे।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ ।