वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीका अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कसुरजन्य कार्यको आरोप लागेका बालबालिकाको पहिचान गोप्य राख्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उच्च अदालत नेपालगञ्जले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर वा भिडियो सार्वजनिक नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबिच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका लागि अघि आएका छन् ।
बुटवलको जितगढीमा नेपाल–अंग्रेज युद्धमा नेपालले विजय हासिल गरेको दिनको सम्झनामा आज (सोमबार) जितगढी उत्सव मनाइँदैछ । वि.सं. १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरेको सम्झनामा हरेक वर्ष यो दिन विजय उत्सव मनाउने गरिन्छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्न माग गर्नुभएको छ ।
कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्छ भन्नुभयो ।
कोशी प्रदेशमा सवारी साधन दर्ता हुने क्रम बढिरहेको भए पनि हरेक वर्ष न्यून संख्यामा मात्र सवारी नवीकरण हुने गरेको पाइएको छ ।
नेपालले तत्कालीन विश्वको शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको आज वैशाख ७ गते गौरवपूर्ण दिन हो । विसं १८७१ वैशाख ७ गते आजकै दिन बुटवलस्थित जितगढी किल्लामा नेपाली सेनाले आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई परास्त गर्दै राष्ट्रिय स्वाभिमानको अद्वितीय इतिहास रचेको थियो ।
पश्चिम बागलुङको बडिगाड–२, खर्वाङस्थित त्रिभुवन माध्यमिक विद्यालयले सीप विकास तथा स्वरोजगारमुखी प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
काठमाडौँको स्वयम्भू क्षेत्रबाट तीन जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ । यसरी उद्धार भएका व्यक्तिमध्ये ४४ वर्षीया महिलाको ठेगाना खुलेको छैन ।
वीरेन्द्रनगर नगरपालिका–३ निवासी बादल थापाका छ वर्षीय छोरालाई अटिजम भएको छ । चार वर्षको हुँदा मात्र छोरामा अटिजम रहेको उहाँको परिवारले थाहा पायो । मन्टेसरीमा शिक्षिकाले यो कुरा अभिभावकसामु बताएपछि बिस्तारै परिवारका सदस्यले पनि रोग पहिचान गर्नुभयो । त्यसपछि उपचारका लागि नेपालगन्जदेखि चितवनसम्म पु¥याइयो । तर सहज रूपमा उपचार पाउन नसकेको थापाको गुनासो छ ।
नयाँ वर्षको अवसरमा धवलागिरी गाउँपालिका–३, फलियागाउँस्थित लक्ष्मीनारायण जनशान्ति बाल क्लबले आयोजना गरेको खेलकुद प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ ।
गोरखा जिल्लाको महत्त्वपूर्ण बेनीघाट–लार्के सडकखण्डमा गएको पहिरो हटाइएपछि दुई सातापछि पुनः यातायात सञ्चालनमा आएको छ । गत चैत २२ गतेदेखि अवरुद्ध रहेको उक्त सडक आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
कालीकोटको नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँदेखि रुप्सा जोड्ने सात किलोमिटर सडक निर्माण सुरु गरिएको दुई वर्षमा एक किलोमिटर मात्रै ट्र्याक खुलेको छ । कडा चट्टान फुटाउन मुस्किल भएकाले सडक निर्माणमा ढिलाइ भएको हो ।
बाजुरासँग सिमाना जोडिएको जिल्लाको ताँजाकोट गाउँपालिकाले एक वर्षपछि नुन पाएको छ । नुन ढुवानीको जिम्मा लिएको ढुवानी सप्लायर्सले ढिलो ढुवानी गरेर गाउँपालिका केन्द्रमा पु¥याएपछि गाउँपालिकाका जनप्रतिनिधिसँगको बैठकपछि ताँजाकोटवासीले नुन पाएका हुन् । आर्थिक वर्ष सम्पन्न भएको नौ महिनापछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिको ढुवानी अनुदानको नुन आइपुगेलगत्तै आइतबार बिदाको दिन भए पनि गाउँपालिकावासीलाई बिक्री गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले बताउनुभयो । चालु आवको पहिलो चौमासिक अवधिभित्र ढुवानी हुनुपर्ने कोटाको नुन यतिबेला ताँजाकोट गाउँपालिकामा आएपछि बिक्रीवितरण गरिएको जानकारी उहाँले दिनुभयो ।