मुस्ताङको थासाङ गाउँपालिका घट्टेखोलामा शनिबारदेखि याकनाक (चौरी) को आलो रगत पिउने मेला सुरु भएको छ । हिमालय याकनाक संरक्षण समितिले आयोजना गरेको मेलाको पहिलो दिन छिमेकी जिल्ला म्याग्दी, बागलुङ र पर्वतसहित कास्की, तनहुँ, चितवनलगायतका जिल्लाबाट सर्वसाधारणको भिड लागेको समितिका संयोजक बुद्धिरत्न तुलाचनले बताउनुभयो ।
रौतहट जिल्लाका विभिन्न स्थानमा एक महिनाको अवधिमा ११४ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांक अनुसार गत चैत महिनामा मात्रै जिल्लाका विभिन्न ठाउँमा ११४ वटा सवारी दुर्घटना भएका हुन् ।
वीरगन्ज महानगर क्षेत्रमा त्रिभुवन राजपथ अन्तर्गतको सडक दायाँबायाँ २५ मिटरभित्रका संरचना (घरटहरा) आइतबार बिहानैदेखि भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले क
दाङ जिल्लाको उत्तरी क्षेत्रलाई जोड्ने सडकका रूपमा रहेको घोराही–तुलसीपुर–रक्षाचौर सडकखण्डको विवादित तीन सय मिटर ट्र्याक खोल्ने काम तीस वर्षपछि समाधान भएको छ । सडकखण्डको तुलसीपुर कुटेचौर टेलिया कुलोदेखि वडा नम्बर ४, ग्वारखोलासम्मका ट्र्याक भने जग्गा विवादका कारण खोल्न सकिएको थिएन । तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष प्रेमनाथ योगीले सडकका ट्र्याक खोलिएको तीस वर्षपछि विवादित ठाउँका जग्गा धनीलाई सहमतिमा ल्याएर वडाको बजेटबाट ट्रयाक खोलिएको बताउनुभयो । सडकखण्ड अन्तर्गत कुटेचौरदेखि सक्रामसम्मको सडकको दुवैतर्फ नाला निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । तुलसीपुर कुटेचौरका स्थानीय पलबहादुर वलीले सडक ट्र्याक खोलिएसँगै ग्वारखोलामा पुल बन्ने आशा पलाएको र छिट्टै सडक कालोपत्रे हुने अपेक्षा गरिएको बताउनुभयो ।
गुल्मीको मदाने गाउँपालिकाले भनभनेको कुडापानी खेलमैदानम ‘चौथो अध्यक्ष कप’ भलिबल प्रतियोगिता वैशाख ९ गते बुधबारदेखि सुरु हुँदैछ।
बाँकेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकविरुद्ध हिंसाका घटना वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको गत चैत महिनाको मासिक तथ्याङ्कमा मात्रै महिला, बालबालिका र ज्येष्ठ नागरिकविरुद्ध हिंसाका १०३ वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार चैत महिनामा हिंसाका १०३ वटा उजुरी दर्ता भएकामा ८२ वटा विभिन्न तरिकाले उजुरी फस्र्योट गरिएको तथा २१ वटा उजुरी फस्र्योट हुन बाँकी रहेका छन् । सूचना अधिकारी विष्टले पीडित भएर उजुरी दिनेमा १८ देखि २५ वर्षका २५ जना तथा २६ देखि ३९ वर्षका ५२
नेपाल प्याबसन सप्तरीले निजी विद्यालयका शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने “प्रभावकारी शिक्षण सिकाइ तालिम” सुरु गरेको छ । सरकारले विद्यालयहरूलाई पूर्वतयारीका विभिन्न कार्य अघि बढाउन निर्देशन दिएसँगै प्याबसनले उक्त तालिम सञ्चालन गरेको हो ।
पर्यटकको भरिया बनेर हिमालको यात्रा गर्ने गरेका मिङ्मा ग्याबु शेर्पाले अब संसदीय यात्रा तय गर्नुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपको सेकाथुममा जन्मनुभएका शेर्पाको बाल्यकाल त्यहीँ बित्यो ।
राजविराज नगरपालिका–६ का मुसहर बालबालिका हिलोमा ईंटा खोज्दै छन् । राजविराज नगरपालिका–७ को मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा भत्काइएका घर तथा खनेका नालाबाट निस्किएका ईंटामा उनीहरू आफ्नो ‘महल’ बनाउने सपना देख्दै संकलनमा जुटिरहेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै स्थानमा फिर्ता गराउन थालेको छ ।
सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि नेपालगञ्ज भन्सार कार्यालयले सय रुपियाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै हुनुहुन्छ । यो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।