गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा सुरु गरेको छ । गाउँपालिका प्रमुख यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार स्वास्थ्य चौकीबाट सेवा शुभारम्भ गर्नुभयो ।
भदौ २३ र २४ गते नवपुस्ता (जेनजी) को आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको कार्यादेश छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने र मुलुकमा सुशासन कायम गर्नु हो । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारले सरोकारवाला निकायसँग निरन्तर संवाद गरिरहेको छ । यसै सन्दर्भमा निर्वाचन सुरक्षा चुनौती, त्यसलाई सामना गर्न गृह मन्त्रालयले गरिरहेको सुरक्षाव्य
नेपाली सिनेमाका प्रभावशाली अभिनेता तथा पश्चिम नवलपरासी, रामग्राम–२ का स्थायी बासिन्दा प्रमोद अग्रहरीले बंगलादेशी चलचित्रबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गर्नुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानकी २२ वर्षीय सिमा पुनलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ ।
अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् ।
सडकमा दुर्घटना न्यूनीकरणाका लागि राखिएका ऐनाहरु हराउँदा, तोडफोड हुँदा दुर्घटना जोखिम बढेको पाइएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गुल्मीको रिडी–तम्घास सडकमा रहेका ऐनाहरु केहि फुटेको र हराएको अवस्थामा हुँदा दुर्घटना जोखिम बढेको हो ।
जाजरकोटका भूकम्पपीडितले पुनर्निर्माणको काममा ढिला सुस्ती भएपछि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
नियात्रासङ्ग्रह ‘अक्षत अन्टार्कटिका’का लागि सारस्वत रत्न पुरस्कार – २०८१ बाट लेखक जीवा लामिछानेलाई सम्मानित हुनुभएको छ ।
बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको पुस मसान्तमा २५ प्रतिशत योजना मात्रै सम्झौता गरेको छ । झण्डै पाँच सय योजना रहेको नगरपालिकामा शुक्रबारसम्म जम्मा एक सय २० योजना मात्रै सम्झौता भएका छन् ।
जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भए पनि यसको उपयोगिता नागरिकसम्म पुग्न नसक्दा लमजुङमा गरिबी न्यूनीकरण हुन नसकेको तथ्याङ्कले देखाएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको हिमालय आधारभूत विद्यालय हाताभित्र रहेको एउटा कोठामा बेड र बिस्तारा मिलाएर राखिएको छ । कक्षाकोठा हेर्दा कुनै पनि होटेलमा सजाइएको कोठाभन्दा कम देखिँदैन । सजाइएको कक्षाकोठामा तीन वटा बिस्तारा र अध्ययन गर्नका लागि टेबुल, कुर्सीसमेत नजिकै राखिएको छ । पिउने पानीदेखि सबै सामग्री व्यवस्थापन गरिएको छ ।
बुटवलमा हरेक वर्ष आयोजना हुने औद्योगिक प्रदर्शनी तथा मेला महोत्सवबाट सुरु भएको सामाजिक पहलले साकार रूप लिँदा सामुदायिक मुटु तथा डायलासिस सेवा केन्द्र बनेको छ । २०४५ सालमा रुपन्देही उद्योग सङ्घले औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो । स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रदर्शनीबाट १५ वर्षअघि सङ्घले प्रवेश शुल्कको केही अंश सामाजिक क्षेत्रमा लगानी गर्ने निर्णय ग¥यो । दर्शक प्रवेश शुल्कबाट प्रतिटिकट तीन रुपियाँ छुट्याएर मुटुरोग उपचारका लागि अस्पताल स्थापना गर्ने निर्णय गरिएको थियो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मङ्गलगढी चोकमा कर्णालीकै पहिलो आकासे पुल निर्माण सुरु गरिएको छ । यात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरण गर्न आकासे पुल निर्माण गर्न लागिएको हो ।
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा यस वर्ष पुस सकिन लाग्दासमेत हिमपात भएको छैन । जुम्लाको पातारासी गाउँपालिकामा पर्ने पातारासी हिमाल र गुठीचौर गाउँपालिकामा पर्ने कान्जिरोवा हिमालमा पुसको अन्तिमसम्म पनि हिउँ नपरेपछि विगतमा सेताम्मे देखिने हिमाल अहिले कालापत्थरमा परिणत भएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित सेती नदीको बगरमा रहस्यमय ढङ्गले मृत फेला परेका तीन जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।