बाल अधिकार संरक्षण र प्रवर्धनका लागि काम गर्नुपर्ने विविध क्षेत्रबारे निरन्तरको खबरदारीको आवश्यकता हुने कुरामा जोड दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त चार गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
उत्तर कोरियाले आइतबार गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षणमा क्लस्टर हतियार प्रयोग गरिएको केसिएनएले सोमबार पुष्टि गरेको छ । आणविक हतियार सम्पन्न उक्त देशले छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दै आफ्नो नयाँ वारहेड क्षमताको परीक्षण गरेको जनाएको हो ।
प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्नुभएको छ ।
बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको अस्थिरताको पृष्ठभूमिमा भारतले सोमबार नयाँदिल्लीमा दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङलाई औपचारिक स्वागत गरेको छ । यस भेटमा जहाज निर्माण, कृत्रिम बौद्धिकता तथा उच्च प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा लिइएको छ ।
बर्सेनि वन मासिँदै गएको छ । वन मासिनुमा सबैभन्दा ठुलो समस्या डढेलोले निम्त्याएको छ । सरकारले डढेलो रोकथामका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरेको भए पनि प्रभावकारी बन्न सकेको छैन ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डका सबै सेवा तथा कार्य अनलाइनमार्फत सञ्चालन भइरहेको बताउनुभएको छ ।
सर्लाहीको कौडेनामा सोमबार गाउँपालिका, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री वितरण गरिएको छ । बेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित रेन कार्यक्रम (उत्थानशीलता, अनुकूलन र समावेशी नेपाल) ले पालिका र सुरक्षा निकायलाई विपद्, पूर्व सूचना र उद्धारमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको सो कार्यक्रमकी आस्था प्रधानाङ्गले जानकारी दिनुभयो ।
भारतबाट सामान आयातमा हाल लागु गरिएको भन्सार सम्बन्धी व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकको दैनिक जीवनमा असहजता बढ्दै गएको भन्दै मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ ।
१५ प्रतिशत लाभांश घोषणा गरेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही दाङले १४ दशमलव २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
सल्यानमा आगलागीबाट तीन घर र एक गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले सङ्घीय निजामती विधेयकलाई संसदबाट पारित गर्ने व्यवस्था मिलाउन सभामुखसँग माग गर्नुभएको छ ।
नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ ।
राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।