अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ८ गते । अर्जुन चौपारी गाउँपालिका –४ राम्चेबासीले हाल रहेको वडा कार्यालय परिवर्तनको माग गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख ३ गते चनं ९८ अनुसार राम्चे टोलबासीको भेलाले वडा कार्यालय परिवर्तनको माग गरेका हुन् ।
वडा सदस्य महेन्द प्रसाद चापागाईको नेतृत्वमा बसेको राम्चेबासीको भेलाले अहिले रहेको वडा कार्यालय सङ्घीयताको मर्मत विपरीत भएकाले परिवर्तन गरेर अर्जुन चौपारी –१ वा आँधीखोला –१ मा गाभ्दा स्थानीयलाई सेवा सुविधा लिन सहज हुने भएकाले सोही अनुसार प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गरेका छन् ।
साविक पञ्चमुल गाविस –३ राम्चे सङ्घीयतासँगै अपायक पर्ने गरी अर्जुन चौपारीमा गाभिएसँगै यहाँका नागरिकले दुःख बेहोर्नु परेको थियो ।
राम्चेबासीले सामान्य सेवा लिनका लागि तीन चार घण्टा यात्रा गर्नु पर्ने, यातायातको असुविधा, भौगोलिक कठिनाइका कारण वडा कार्यालय परिवर्तन गर्नु परेको बताउदै स्थानीय समाजसेवी लोक प्रसाद चापागाईले दीनभर कुरेर काम समेत नहुने गरेको बताउनुभयो ।
स्याङ्जामा राम्चेबासीले जस्तै अन्य वडा र पालिकाले वडा कार्यालय, पालिका परिवर्तनको मागको गरेका छैन ।