• ८ वैशाख २०८३, मङ्गलबार

सप्तरीमा १० लाख ९६ हजारका भन्सार छलीका कपडा बरामद

blog

बरामद गरिएका सामान । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख ८ गते ।
सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ ।

नगरपालिकाको वडा नम्बर १३ स्थित कुशहाबाट सोमबार १० लाख ९६ हजार दुईसय ६० रुपियाँ बराबरका कपडा बरामद गरिएको हो ।

सशस्त्र प्रहरीगण नम्बर ६ बाट प्रहरी निरीक्षक विकास श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिनुभयो ।

बरामद गरिएको कपडा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीगण नम्बर ६ ले जनाएको छ ।