• ९ वैशाख २०८३, बुधबार

गोरखापत्रकर्मी हमाललाई ‘गोल्ड मेडल’

blog

काठमाडौँ, वैशाख ९ गते । गोरखापत्रकी पत्रकार चाँदनी हमालले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ ।

आमसञ्चार तथा पत्रकारिता अन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम (टप) भएकोमा उहाँलाई पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहमा आज उक्त स्वर्ण पदक प्रदान गरिएको हो । काठमाडौँस्थित कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२२’ की छात्रा हमालले ३.५७ जिपिए अङ्कसहित ‘एमएएमसिजे’ कार्यक्रममा विश्वविद्यालय टप गर्नुभएको हो ।