शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुधा देव
भारदह (सप्तरी), वैशाख ९ गते । उच्च अदालत जनकपुर, राजविराज इजलासले हनुमाननगर कंकालिनी नगरपालिकाको निर्णयमा अन्तरिम आदेश जारी गर्दै तत्काल कार्यान्वयनमा रोक लगाएको छ।
माननीय न्यायाधीश उज्ज्वल शुक्लको एकल इजलासले निवेदनको माग तथा कागजातहरूको अध्ययनपछि उक्त आदेश जारी गरेको हो।
अदालतले तोकिएको मितिमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन दिँदै विपक्षीसँग लिखित जवाफ मागेको छ। आदेशअनुसार विपक्षीका नाममा म्याद सूचना जारी गरी १५ दिनभित्र आफ्नो धारणा पेश गर्न भनिएको छ।
मुद्दाको गम्भीरतालाई मध्यनजर गर्दै अन्तिम निर्णय नभएसम्म विवादित निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिएको हो।
यस आदेशसँगै नगरपालिकाबाट भएको निर्णय तत्कालका लागि स्थगित भएको छ। यस प्रकरणमा अन्तिम निर्णय अदालतको आगामी सुनुवाइपछि हुने जनाइएको छ।