युद्वविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरलाई लक्षित गरी भएको जनाइएको छ ।
नेपाल विद्युत प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत मङ्गलबार जिल्लाको दक्षिण–पश्चिम भेगका आधा दर्जन बढी गाउँबाट विद्युत चोरी गरी अर्थात् हुकिङ लगाएर चलाइएका विद्युतीय उपकरण बरामद गरिएको वितरण केन्द्र प्रमुख माधवेन्द्र यादवले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ ।
बाँस ढाल्ने क्रममा करेन्ट लागेर पाँचथरको हिलिहाङ–७ मा एक जना नागरिकको ज्यान गएको छ ।
नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाँकेले कालो ब्यानर प्रदर्शन गरेको छ ।
गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।
त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक महिनादेखि पानी तान्ने उपकरण बिग्रिएपछि खानेपानीको समस्या भएको स्थानीय अमर घर्तीले जानकारी दिनुभयो ।
यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिने भएको छ।
विश्वव्यापी साइबर सुरक्षामाथि गम्भीर चुनौती थपिँदै गएको अवस्थामा उत्तर कोरियासँग सम्बन्धित एक कुख्यात ह्याकिङ समूहले झन्डै ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आशङ्का गरिएको छ ।
गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तु अन्ततः रोमानिया फर्किएका छन् ।
बेनी नगरपालिका –३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।
सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिबार र आइतबारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन्।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपियाँ खिच्ने भएको छ।
मकवानपुरको हेटौँडामा ज्येष्ठ नागरिकका लागि विश्राम स्थल निर्माण कार्य सुरु गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ अन्तर्गत लोकतान्त्रिक चौर (हुप्रा) मा उक्त संरचना निर्माण गर्न थालिएको हो ।
सशस्त्र द्वन्द्वपीडितहरूले सत्य जान्न पाउने अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन्। आफ्ना परिवारका सदस्य मारिएका, बेपत्ता भएका वा विभिन्न घटनामा परेका विषयमा राज्यले आवश्यक सूचना समेत नदिएको उनीहरूको भनाइ छ।