समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
विसं २०४२ भदौ १ गते स्थापना भएको नेपाल विद्युत् प्राधिकरण नेपाल सरकारका विद्यमान ४५ वटा सार्वजनिक संस्थानमध्ये जनशक्ति र आर्थिक कारोबारका दृष्टिले सर्वाधिक ठुलो सार्वजनिक संस्थान हो । विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम भरपर्दो र सर्वसुलभ ग
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ ।
विगत १६/१७ वर्षदेखि साङ्गीतिक यात्रामा रहेका गायक चेतन राई अहिले विभिन्न महोत्सवमा व्यस्त हुनुहुन्छ । उहाँको अनुभवमा गायकका लागि महोत्सव मात्र होइन, प्रविधिको विकासले पनि बजार अझै फराकिलो बनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षभरिका पीडा, वेदना गीतमा उनेर गाइएका गीतले तिज आएको छनक दिन्छ ।
नारायणगढ–मुग्लिन सडकको तुईन खोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
किरा र रोगबाट बचाउन किसानले विषादीको प्रयोग गर्ने गरेको त छँदैछ तर केही वर्षयता खेतबारी, घरआँगन, बाटो, सडक किनार, चौरलगायतका स्थानमा झार मार्न पनि विषादीको प्रयोग बढ्दो छ । त्यसले बोटबिरुवालाई गर्ने हानि त छँदैछ मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्न थालेको छ ।
किसानलाई दिइने उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सल्यानमा प्रभावकारी बन्दै गएको पाइएको छ । दुध र मासु उत्पादनका हिसाबले सल्यान कर्णाली प्रदेशकै अग्रणी जिल्लामा पर्छ । पछिल्लो समय उत्पादनका आधारमा दिइने प्रोत्साहन अनुदानले व्यावसायिक पशुपालनमा लागेका ग्रामीण किसानलाई ठुलो राहत दिएको छ ।
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा ओरालो लाग्ने क्रम गत आर्थिक वर्षमा निरन्तर रहेको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको गत आव २०८१/८२ को वित्तीय विवरण अनुसार खुद नाफा ५७.२१ प्रतिशतले घटेर दुई अर्ब ६६ करोड ८१ लाख ९२ हजार रुपियाँ पुगेको छ ।
कर्णाली प्रदेश स्थापना भएको आठ वर्षपछि कर्णाली प्रदेश सरकारले पहिलो पटक कृषिमा आयकर लगाउन थालेको छ । संविधानको अनुसूची ६ ले प्रदेश सरकारलाई कृषिमा आयकर लगाउने एकल अधिकार दिएको हो ।
धार्मिक पर्यटनलक्षित सञ्चालनमा ल्याइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ । अन्तर्राष्ट्रिय उडान नहुँदा सुनसान जस्तै बनेको टर्मिनल, खाली धावनमार्ग र सुस्त व्यापारिक गतिविधिले यहाँको पर्यटन उद्योग मात्र होइन, लगानीकर्ताको मनोबल पनि खस्किएको छ ।
सञ्चालनमा रहेका वाणिज्य बैङ्कले साउनको तुलनामा भदौको ब्याजदर घटाएका छन् ।
विमानस्थलमा विशिष्ट व्यक्तिका लागि आवागमनमा सहजता, छरितो र सम्मानका लागि प्रयोग हुनुपर्ने विशिष्ट कक्षको दुरुपयोग बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भिआइपी लाउन्ज) प्रयोग तथा प्रवेशमा कडाइ गरिएको छ ।