महोत्तरी जिल्लाको गौशाला नगरपालिका अन्तर्गतका सबै विद्यालय र स्वास्थ्य संस्थाहरू पूर्ववत साताको ६ दिन नै सञ्चालन गर्ने निर्णय गरेको छ।
सङ्खुवासभाको खादबारी नगरपालिका-४ का स्थानीयले जोहो गरी राखेको दाउराको कुन्यू ।
मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह’का अवधिमा फर्स्योट हुन नसकेका फाइलका सम्बन्धमा गुनासो गर्न सम्बन्धित सबैसँग आह्वान गरेको छ ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र कास्कीले महासंघको कार्यालय अगाडि कालो व्यानर प्रदर्शन गरेको छ।
प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३३ औँ स्मृति दिवसका अवसरमा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका –७ सिसवनीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा साइकल यात्री ६९ वर्षीय बलराम विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारका एक सय कार्यसूचीहरुको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा कास्कीमा रहेका प्रमुखहरूको उच्चस्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रविधिमैत्रीमा जोड दिँदै ११ बुँदे महत्वपूर्ण निर्णय गरेको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन प्रदान गर्न सत्ताकेन्द्रीत सोच बदल्नुपर्ने धारणा राख्नुभएको छ । कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौँ महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापामगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटको अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने गर्ने उद्देश्यले पहिलो पटक दाङको लमहीस्थित जैविक विविधता पार्कमा दुई दिने उत्सव हुने भएको हो ।
बागमती प्रदेश सरकारले सेवा प्रवाहलाई गुनासोरहित बनाउने भएको छ ।
मच्छिन्द्र फुुटबल क्लब काठमाडौँ इलाम गोल्डकपको फाइनलको यात्रा तय गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पथरी–११ लाई ५–२ गोलले हराउँदै मच्छिन्द्रले फाइलन यात्रा तय गरेको हो ।
झापाको चन्द्रगढीमा जारी प्रथम चन्द्रगढी महिला गोल्डकपको बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबको टिमले पाहुना टोली भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५-० गोल अन्तरले सहज पराजित गदै सेमिफाइनल प्रवेश पाएको छ ।