नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले देशमा निर्वाचन हुनेनहुने भन्ने अन्योल कायमै रहेको वर्तमान अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापना नै सबैभन्दा स्पष्ट र सुरक्षित बाटो भएको बताउनुभएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
माघे सङ्क्रान्तिको अवसरमा धनकुटाको मुगामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको छ ।
हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् ।
नेपाली कांग्रेस (गगन समूह)का सभापति गगन थापाले विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोगमा बुझाउनु भएको छ।
नारायण नगरपालिका–२ का ८१ वर्षीय धनबहादुर थापालाई मुटुमा गम्भीर समस्या देखिएपछि चिकित्सकले भारतको गुजरातस्थित एपोलो हस्पिटलमा भर्ना भई तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए ।
कास्कीमा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ।
म्याग्दीको बेनीमा कृषि उपजको बजारीकरण र प्रवर्धन टेवा पुर्याउने उद्देश्यले कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहना अनुसार सुरक्षित भविष्यका लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अपिल गर्नुभएको छ ।
पोखरा महानगरपालिकाको १८औँ नगर सभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।
रूपन्देहीको रोहिणी गाउँपालिका १ वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बगहामा निर्मित भवनको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गर्नुभएको हो ।
तनहुँका मगर बस्तीहरू यतिबेला माघे सङ्क्रान्तिको उल्लासमा झुमेका छन् ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताउनुभएको छ ।