आज (शुक्रबार) राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।
गुल्मीमा एक शिक्षकले शिक्षण पेसासँगै कृषिकर्मबाट लोभलाग्दो आम्दानी गर्नुभएको छ । कालीगण्डकी गाउँपालिका–२, अर्बेनीका ३८ वर्षीय लक्ष्मीपति न्यौपानेले कालीगण्डकी–
आत्मबल र आत्मविश्वास भए संसारमा सबै कुरा सम्भव छ भन्ने कुरो रोल्पाका हरि बुढामगरले साबित गरिदिनुभएको छ । घुँडामाथिसम्म दुवै खुट्टा गुमाउनुभएका पूर्वगोरखा सैनिक ४६ वर्षीय बुढामगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहयोगमा विश्वका सात वटै महाद्वीपका अग्ला हिमाल आरोहण गरेर बिहीबार स्वदेश फर्किनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्तिको अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल बाह्रकुने दहको अवलोकन गर्दै बराह मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । वराह क्षेत्र संरक्षण तथा सम्वर्द्धन धार्मिक समितिले पुस २९, ३० र माघ १ गतेसम्मका लागि माघे संक्रान्ति बाह्रकुने दह मेला २०८२ आयोजना गरेको छ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका –४ च्याम्चेको तारेभीरलाई ‘रक क्लाइम्बिङ’ को प्रमुख गन्तव्य बनाइने भएको छ ।
थारु समुदायमा माघ (माघी) पर्वको दोस्रो दिन आज विहानै नदीनालामा स्नान गरेर आफ्ना पुर्खाहरुको आशीर्वाद ग्रहण गरिएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिने विश्वास गरिएको छ ।
गुल्मीमा निर्वाचन प्रहरीको पहिलो भर्ना अवधीभित्र बाह्र सय ५९ जनाको आवेदन दर्ता भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ८७४ निर्वाचन प्रहरी भर्ना आव्हान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मी र सशस्त्र प्रहरी वल, नेपाल नं ३७ गुल्मीमार्फत दरखास्त माग गरिएको छ ।
नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबिच भेटवार्ता भएको छ ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ।
माघे सङ्क्रान्तीको दिन धादिङमा एक सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो।
पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक ‘रैथाने खाना महोत्सव’ सुरु भएको छ । नेपाल मगर संघ जिल्ला समिति पाँचथरले माघे संक्रान्तीको अवसर पारेर खाना महोत्सव आयोजना गरेको हो ।
बाँकेको नरैनापुर गाउँपालिकाले पालिका भित्रका १२८ भूमिहीन दलित परिवारलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको विशिष्ट परिस्थितिमा अझ बढी एकता, सहकार्य र आपसी विश्वासको खाँचो रहेको बताउनुभएको छ।