कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता आज(शुक्रबार)बाट सुरु हुँदै छ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा टि–२० रनिङ कप क्रिकेट प्रतियोगता हुन लागेको हो ।
लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माघेसङ्क्रान्ती तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।
निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री खरिद गर्न जिल्ला निर्वाचन कार्यालय सर्लाहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरसँग सरकार–सरकार (जी–टु–जी) प्रणालीमार्फत सम्झौता गरेको छ ।
जेनजीको आन्दोलनपछि कार्यालयको अभावमा कष्टका साथ काम गर्दै आएको भरतपुर महानगरपालिका अत्याधुनिक नवनिर्मित भवनबाट काम गर्ने भएको छ ।
मगर समुदाय र थारू समुदायले बिहीवार राजधानीमा विविध सांस्कृतिक कार्यक्रमसहित माघेसङ्क्रान्ति र माघीपर्व मनाएका छन् । सङ्व्रmान्तिका दिन देशभर हरेक जाति समुदायले घर घरमा चाकु, तरुललगायत विविध परिकार खाएर उक्त पर्व मनाएका हुन् ।
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना गुल्मीमा म्याद दुई दिन थप गरिएको छ ।
गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थल रिडीमा लाग्ने रुरु मेलामा जेट बोटको आकर्षण देखिएको छ ।
फेदीखोला गाउँपालिकाले गाउँघरमा बाँझो रहेका जग्गाको सदुपयोग गर्दै कृषि उत्पादन बढाउने कृषकलाई प्रोत्साहन रकम दिने भएको छ ।
स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।
गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को खर्चको अवस्था निराशाजनक देखिएको छ । आर्थिक वर्षको छ महिनामा सरकारले १६ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १८ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा तोकिएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले बिहीबार १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपियाँले घटेको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ ।