नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताउनुभएको छ ।
फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन प्रहरी पदका लागि जिल्लामा सात हजार ४ सय ४४ जनाको आवेदन दर्ता गराएका छन्।
जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय नगर्ने बताउनुभएको छ ।
सल्यानमा २८औँ भूकम्प सुरक्षा दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान, शारदा नगरपालिका तथा पूर्वाधार विकास कार्यालयको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
माग गरिएभन्दा कम आवेदन परेपछि धनकुटामा निर्वाचन प्रहरीको आवेदन अवधि दुई दिन थप गरिएको छ ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार पनि बढेको हो ।
सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुबाहक बसमा सवार एक यात्रुको मृत्यु भएको छ । भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको यात्रुबाहक बसमा सवार तिरहुत गाउँपालिका ४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको बाटोमै मृत्यु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । शुक्रबार बिहान देउवा पक्षका नेता तथा कार्यकर्ताहरु आयोग पुगेका हुन् ।
उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बोक्सेमा मित्रराष्ट्र भारत सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको स्थानीय बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ ।
जुनसुकै बेला ठुलो भूकम्प आउन सक्छ
हाम्रो घरमा पानी आएन, वडाबाट सिफारिस लिन दिनभरि लाइन बस्नु प-यो, अस्पतालको टिकट पाउन धकेला धकेल भयो, यस्ता साना देखिने तर दैनिक जीवनसँग जोडिएका समस्या