सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।
बर्दियाका दुई नगरपालिकाले विद्यार्थी भर्ना अभियान सुरु गरेका छन्। ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाले सङ्घीय सरकारले तोकेको समयभन्दा अघि नै भर्ना अभियान थालेका हुन्।
सडक डिभिजन कार्यालय हेटौंडाले आइतबारदेखि वीरगन्जको गण्डकदेखि सीमावर्ती मितेरी पुलसम्म अतिक्रमण गरी मुख्य सडकको दायाँ–बायाँ २५ मिटर क्षेत्रभित्र बनेका घरटहरा भत्काएपछि सडक पेटीमा थुपारिएका सामग्री हटाउन सुरु गरिएको छ।
शीर्ष टोली बार्सिलोनाले घरेलु मैदानमा बुधबार राति भएको खेलमा सेल्टा भिगोलाई १-० गोलले हरायो ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरेअनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।
१३औँ संस्करणको रारा रनिङ्ग गोल्डकप फूटबल प्रतियोगिता यही वैशाख १८ देखि २२ गतेसम्म हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको १० घण्टे ‘स्विप अप्रेसन’ मा १२२ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । लागु औषध कारोबार तथा सेवन, समाजमा अशान्ति फैलाउने, टोले गुण्डागर्दी र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उक्त अप्रेशन सञ्चालन गरिएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल सल्यानमा बन्द रहेको शल्यक्रिया सेवा करिब १० दिनपछि पुनः सञ्चालनमा आएको छ। विशेषज्ञ डाक्टरको अभावमा चैत २८ गतेदेखि रोकिएको सेवा मंगलबारबाट सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले सूचना जारी गर्दै जानकारी गराएको हो ।
रेसुङ्गा नगरपालिकाले तम्घास बजारको सौन्दर्यीकरण र सरसफाइका लागि नागरिकलाई जवाफदेही बनाउने अभियान सुरु गरेको छ।
बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोद्वारा लिखित ‘वाणीको उडान’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
हिमामा गाउँपालिकाले महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्क्रिनिङ शिविर सम्पन्न गरेको छ। शिविरमा १७१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको हो।
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षा भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ ।
नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) दाङले नेपाल पत्रकार महासंघ दाङ शाखाको मुल गेटमा कालो ब्यानर प्रदर्शन गरेको छ।
२०८० कात्तिक १७ गते गएको भूकम्पले जाजरकोट र रुकुम–पश्चिममा ठुलो जनधनको क्षति पुर्यायो। भूकम्पमा परी १५४ जनाले ज्यान गुमाए भने ३७२ जना घाइते भए। विद्यालय, स्वास्थ्य चौकीसहित सयौँ निजी घर भत्किएका छन्।
कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबिच भएको संयुक्त छलफलमा सहभागीले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र जोखिम हुने भएकाले यसमा ध्यान दिन अनुरोध गरेका हुन् ।