यहाँको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेस (गगन समूह)का उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस विभाजन नभएको बताउनुभएको छ।
प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ।
भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नागरिक लगानी कोषले पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपियाँ सहयोग उपलब्ध गराएको छ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण रैथाने प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेस (गगन समूह)ले विशेष महाधिवेशनमा मतदानपछि फिर्ता लिएको हस्ताक्षरले कुनै प्रभाव नपार्ने बताएको छ। गगन समूहका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो।
नवलपुरको कावासोती नगरपालिका–४, हसौरामा अवस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा २९ लाख रुपियाँ नगद आर्थिक सङ्कलन भएको छ ।
नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको दाबी गर्नुभएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ।
तनहुँको म्याग्दे गाउँपालिका–२ साठीमुरे आसपासको क्षेत्रमा गरिएको तोरी र केरा खेती ।
अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्याइ रहेको छ । विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस सङ्कटमा महिला र बालबालिकालाई सहयोग पुर्याउन असफल भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। ताप्लेजुङ जिल्ला अदालतसँगै रहनेगरी शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।