जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।
स्वर्गद्वारी जाने भारतीय तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा एकजना बालिकाको ज्यान गएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ टाकुरामा लु १ ज ३१७५ नम्बरको जिप दुर्घटनामा ३ वर्षीया काब्या मौरीको ज्यान गएको प्रहरीले जनाएको छ।
बाँकेको निर्माण व्यवसायीहरूले यतिबेला पेसा चर्को महँगीका कारण गम्भीर सङ्कटमा परेको जनाउँदै सोबाट राहत दिन सरकारसँग माग गरेका छन् ।
लगभग एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फर्केको बख्तार समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेको छ । रिपोर्टका अनुसार छिमेकी इरान र पाकिस्तानबा सवै भन्दा धेरै ९४३ घर परिवार स्वदेश फर्केका छन् ।
पछिल्लो समय बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गरेको छ ।
जिल्लाको दस स्थानीय तहमा कृषि, वन, लघु उद्यम, पर्यटन तथा जल स्रोतको क्षेत्रमा सम्भावित परियोजनाको अध्ययन गर्न बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबिच सम्झौता भएको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु प्रहरीको मूल दायित्व भएको स्पष्ट पार्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर तापक्रम बढेपछि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१ र ८२ को प्रदेशस्तरीय नतिजाले मधेश प्रदेशमा सामाजिक विकासका सूचक अझै कमजोर रहेको देखाएको छ ।
लिबियको तटबाट अनियमित आप्रवासी बोकेका १० वटा डुङ्गासहित डु्गामा सवार आप्रवासीलाई उद्धार गरेको लिबियाका अधिकारीले घोषणा गरेका छन् । विज्ञप्ति जारी गर्दै लिबियन रेड क्रिसेन्टले लिबियाको समुद्रको तटमा कठोर परिस्थितिबाट पीडित विभिन्न देशका ४०४ जना अनियमित आप्रवासीलाई उद्धार गरेको पुष्टि गरेको छ ।
अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ ।
सङ्घीय संसद् र प्रदेशसभाका सदस्यले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालबालिका क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिल्लाको कपिलवस्तु कारागारमा रहेका कैदीबन्दीले उत्पादन गरेका विभिन्न सामग्री बजार अभावका कारण थन्किने अवस्थामा पुगेका छन् ।
जाजरकोटमा बैङ्किङ कसुरमा एक जनालाई पक्राउ गरेको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका-५ का ३६ वर्षीय दिपेन्द्र बुढालाई प्रहरी पक्राउ गरेको हो ।
स्थापनाको नौ वर्षपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । २०७४ सालबाटै साविक लाहाचोक गाउँ विकास समितिको भवनबाट सेवा दिँदै आएको गाउँपालिका बिहीबार वडा नम्बर ४, लाहाचोकमै बनाइएको नयाँ भवनमा सारिएको हो ।