नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका विभिन्न विधामा प्रदान गरिने 'प्रज्ञा पुरस्कार–२०८२' घोषणा गरेको छ । प्रतिष्ठानले यस वर्षदेखि सातै प्रदेशका स्रष्टालाई समेट्ने गरी 'प्रज्ञा प्रादेशिक पुरस्कार' समेत प्रारम्भ गरेको छ ।
आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित तयार पारिएको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसमक्ष पेस गरिएको छ ।
किएभले सोमबार दक्षिणी सहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि भएको ठुलो आगलागीका कारण रूसको तटीय सहरको आकाशमा कालो धुवाँको बाक्लो मुस्लो जम्मा भएको रूसी अधिकारीले बताएका छन् ।
रूपन्देहीको एक संस्थागत विद्यालयको स्कुल बसमा आगो लागेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको अधिवेशन स्थगित गर्नुभएको छ ।
बङ्गलादेशको बदलिँदो राजनीतिक परिवेशबिच प्रमुख दल बङ्गलादेश अवामी लिगमाथि लगाइएको अस्थायी प्रतिबन्ध दीर्घकालीन रूपमा टिक्न नसक्ने चेतावनी अन्तर्राष्ट्रिय सङ्कट समूहले दिएको छ ।
विगत केही वर्षदेखि अलपत्र अवस्थामा रहेको धनुषाधाम–रघुनाथपुर सडकखण्डको निर्माण कार्य पाँच दिनभित्र सुरु गर्ने सहमति भएपछि पूर्वाधार विकास कार्यालय, धनुषामा लगाइएको ताला खोलिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र लेख्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई गरेको निलम्बन फिर्ता लिन आग्रह गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाल नियुक्त हुनु भएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–१, कृषि चौफेरी गाउँमा बिहीबार दिउँसो भएको भीषण आगलागीमा परी ६ वटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।
बेलाबेलामा देखा पर्ने सङ्क्रामक रोगहरूको उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारले विशेष कोष स्थापना गरेको छ ।
बागलुङ जिल्लास्थित सम्पूर्ण स्थानीय तहका न्यायिक समितिको तेस्रो न्यायिक सम्मेलनबाट १४ बुँदे ‘बलेढुङ्गा घोषणा पत्र-२०८३’ जारी गरिएको छ ।
नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा भारतबाट सामान आयातमा कडाइ गरिएसँगै भन्सार यात्रु शाखाको राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय शासन प्रणालीअनुसार नेपाल प्रहरी समायोजन नहुँदा प्रशासनिक जटिलता भएको बताउनुभएको छ ।