• १० वैशाख २०८३, बिहिबार

एन्फा निलम्बनको निर्णय फिर्ता लिन राखेपलाई फिफा र एएफसीको आग्रह

blog

काठमाडौँ, वैशाख १० गते। विश्व फुटबल महासङ्घ (फिफा)र एसियाली फुटबल महासङ्घ (एएफसी)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र लेख्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई गरेको निलम्बन फिर्ता लिन आग्रह गरेको छ ।

फिफा र एएफसीले एन्फाको स्वायत्ततामा हस्तक्षेत हुने भन्दै वैशाख २१ गते (मे४)सम्म निलम्बन फिर्ताका लागि समयसीमा पनि तोकेको छ ।

यसअघि एन्फाले नेपालको खेलकुद ऐनलाई बेवास्था गर्दै तहगत निर्वाचन नगरी ‘अर्ली इलेक्सन’ को नाममा पुरानै प्रतिनिधिलाई समेटेर चैत १३ गतेका लागि निर्वाचन तय गरेको थियो ।

राखेपले खेलकुद ऐन अनुसार निर्वाचन नगरेको भन्दै चैत ११ गते एन्फालाई तीन महिना निलम्बन गरेको थियो । निलम्बन पछि एन्फाले झापामा तय गरेको निर्वाचन साधारण स्थगित गरी साभारणसभालाई सामान्य भेलामा परिणत गरेको थियो ।

फिफाले राखेपले तोकिएको मितिसम्म निर्णय फिर्ता नभए परिस्थिति थप जटिल हुन सक्ने सङ्केत पनि पत्रमार्फत उल्लेख गरेको छ ।