निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापा समूहलाई आधिकारिकता दिएको छ ।
सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
सल्यानमा मंसिरयता अवैध हतियार नियन्त्रण अभियानका क्रममा प्रहरीले ३९ नाल भरुवा बन्दुक बरामद गरेको छ।
बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ।
विश्वव्यापी स्तरमा देखा परिरहेका नयाँ चुनौतीहरूको पृष्ठभूमिमा चीन र क्यानाडाका शीर्ष नेताहरूले वर्षौंदेखि तनावग्रस्त रहँदै आएको द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता शुक्रबार व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन वैधानिक भएकाले त्यसको कागजातका आधारमा पार्टी केन्द्रीय समिति अद्यावधिकको निर्णय गर्न माग गरेका छन्।
नेपाली कांग्रेसको आधिकारिकता विवाद उत्कर्षमा पुगेको छ । शुक्रबार सभापति शेरबहादुर देउवा समूह र सभापति गगन थापा समूहले निर्वाचन आयोगमा प्रदर्शन गरेका हुन्
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार शुक्रबार साँझ बैठक बसेको हो ।
नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। कास्कीका मुख्य निर्वाचन अधिकृत एवम् हिमलाल बेल्बासेले शुक्रबार ती कार्यालय औपचारिक रूपमा उद्घाटन गर्नुभयो।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा कालीगण्डकी गाउँपालिकाले विजयी सुरुवात गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान गर्नुभएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पशुपालक किसानलाई गाईभैँसीको स्याहारसुसार गर्दै दुध उत्पादन स्थिर राख्ने उद्देश्यसहित ‘पशु सुत्केरी भत्ता’ कार्यक्रम लागू गरेको छ ।
ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।