शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुजल श्रेष्ठ
प्यूठान, बैशाख १० गते । स्वर्गद्वारी जाने भारतीय तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा एकजना बालिकाको ज्यान गएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ टाकुरामा लु १ ज ३१७५ नम्बरको जिप दुर्घटनामा ३ वर्षीया काब्या मौरीको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईले बताउनुभयो । घाइते १७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको उहाँले जानकारी दिनुभयो।
मुस्ताङ जिप आफै अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।