नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु रेडपान्डा (रातो हाब्रे) संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेटघाट गर्नुभएको छ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका-१५, ढुङ्गेसाँघुको ठुलोमझुवामा निर्माण गरिएको भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उद्घाटन गर्नुभएको हो ।
धरान उपमहानगरपालिकामा दोस्रो खुला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्धान स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै एक जना विदेशी कामदारलाई अपहरण गरिएको सुरक्षा स्रोतले बिहीबार बताएको छ ।
लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबिच भारतको पश्चिम बङ्गालमा बिहीबार मतदान सुरु भएको छ, जसले चुनावी निष्पक्षता र मताधिकारबारे गम्भीर बहसलाई थप तीव्र बनाएको छ ।
विश्वभर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा बिहीबार सम्पूर्ण किताब नारायणगढले जिल्ला प्रहरी कार्यालय चितवनलाई पुस्तक हस्तान्तरण गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ । यो निर्णयसँगै सो जग्गा अब प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रयोग गर्ने भएको छ ।
गुल्मीमा राहदानी घरमै पुर्याउन जिल्ला प्रशासन र हुलाक बिच सम्झौता भएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुनर्निर्मित कार्यालय भवन बिहीबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि उहाँले भवनको अवलोकन पनि गर्नुभयो।
म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई १-० गोलले हरायो ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।
बर्दियाका दुई नगरपालिकाले विद्यार्थी भर्ना अभियान सुरु गरेका छन्। ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाले सङ्घीय सरकारले तोकेको समयभन्दा अघि नै भर्ना अभियान थालेका हुन्।
सडक डिभिजन कार्यालय हेटौंडाले आइतबारदेखि वीरगन्जको गण्डकदेखि सीमावर्ती मितेरी पुलसम्म अतिक्रमण गरी मुख्य सडकको दायाँ–बायाँ २५ मिटर क्षेत्रभित्र बनेका घरटहरा भत्काएपछि सडक पेटीमा थुपारिएका सामग्री हटाउन सुरु गरिएको छ।
शीर्ष टोली बार्सिलोनाले घरेलु मैदानमा बुधबार राति भएको खेलमा सेल्टा भिगोलाई १-० गोलले हरायो ।