बुधबार दिउँसो १२ बजे टन्टलापुर गर्मीमा पुनर्स्थापनाको मागसहित आरक्ष पीडितहरूले अर्धनग्नरूपमा प्रदर्शन सुरु गरेका छन् ।
गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट राजीनामा दिनुभएको हो।
इरानले स्ट्रेट अफ होर्मुजमा एक कन्टेनर जहाजमाथि गोली प्रहार गरेपछि मध्यपूर्वमा जारी कूटनीतिक प्रयास झनै जटिल बनेका छन् । यो घटना युद्धविराम विस्तार र पाकिस्तानमा हुने भनिएको अमेरिका-इरान वार्तालाई पुनः सुरु गर्ने प्रयासकै बिच भएको हो, जसले तनावलाई नयाँ मोडमा पुर्याएको छ ।
बाँके जिल्लामा खोपको मात्रा पूरा नगर्ने तथा विभिन्न खोप लगाउन छुटेका आठ सय बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान सुरु गरिएको छ ।
अमेरिकाले जफत गरेको इरानको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसङ्घलाई आग्रह गर्नु भएको छ ।
कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ ।
भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरोरूपमा जिउँदै छ । जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी सुरुङले अहिले पनि सर्वसाधारण र सुरक्षाकर्मी दुवैलाई निरन्तर जोखिममा राखेका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस)ले सम्प्रेषण गरेका समाचार सामग्री सङ्ग्रहित प्रतिवेदन निर्वाचन आयोगसमक्ष प्रस्तुत गरिएको छ ।
महोत्तरीका भारतीय सीमावर्ती बजारमा पछिल्लो समय चहलपहल उल्लेखनीय रूपमा घटेको छ।
बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका दुई जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापामा लागु औषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागु औषध भित्र्याउने गरेको पाइएको छ ।
जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘जैविक विविधता तथा रेडपान्डा–थार अन्तरराष्ट्रिय सम्मेलन’ले वनस्पति, जीवाणु र तिनीहरूको आपसी सम्बन्धलाई दीर्घकालीन बनाउने प्रतिबद्धता प्रकट गरेको छ ।
यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ जिल्ला समितिले स्व. सत्यनारायणबहादुर श्रेष्ठ नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलो पटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा करिव तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीयस्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालन गरेको हो।