• ८ वैशाख २०८३, मङ्गलबार

मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति गठन गर्ने

blog

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमल्सिना । तस्बिरः सागर बस्नेत

काठमाडौँ, वैशाख ८ गते ।  सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमल्सिनाले जानकारी दिनुभयो । 

भट्टको संयोजकत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहनुभएको छ ।