भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक व्यक्तिको नाडीमा रहेको सुनको ब्रास्लेट चोरी गरेको अभियोगमा चितवन प्रहरी अस्पतालका सुरक्षा गार्ड पक्राउ गरिएको छ ।
चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक शुक्रबार अर्थमन्त्रालयमा जारी रहेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार भेटवार्ता गर्नुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धनमा आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले खानामा नियमित अन्डा र मासु सम्मिलित गरी सेवन गरेमा स्वास्थ्यलाई फाइदा पुग्ने सचेतना सहित विपन्न महिला र वालवालिकालाई अन्डा वितरण गरिएको छ । केन्द्रले कुखुराको मासु र अन्डा सेवनको महत्व बुझाउँदै सात हजार दुई सय वटा अन्डा वितरण गरेको केन्द्रका पशु विकास अधिकृत डा. धुव्र डिसीले जानकारी दिनुभयो ।
“लौ न कहाँ जाने होला ? के गर्ने होला ? कोसी नदीको ड्याम फुटिसक्यो ?” गाउँलेहरूले भने । गाउँलेहरू ड्याम फुटेपछि सबै जना आफ्नो महत्वपूर्ण सामान, गरगहना, पैसा लिएर भाग्न थाले । मानिसहरू “छिटो भाग नत्र डुबानमा परिएला ” भनेर कराइरहेका थिए । सबै मानिसको मनमा डर थियो । सबै जना यताउता भागिरहेका थिए । किसनपुर गाउँ डुब्न आँटी सकेको थियो । हरियाली रमणीय किसनपुर गाउँ एउटा खोलाको किनारमा परिणत हुँदै थियो । गाउँ पानीले डुबेर जलथल भइसकेको थियो । गाउँमा रहेका घरहरू डुबानमा परिरहेका थिए । गाउँलेहरू रुँदै ‘किन यस्तो ठाउँमा घर बनाएँ होला ? हे दैव यो के गरेको ? मैले जिन्दगीभरि मेहनत गरेर कमाएको पैसाले बनाएको घर आज पानीले बगाएर लग्यो ।’ भनेर सबै जना रुँदै थिए ।
दुई वर्ष अघि शिलान्यास भएको ताँजाकोट गाउँपालिकाको अस्पताल भवन बल्ल निर्माण सुरु भएको छ । ठेकेदारको बदमासीले रोकिएको निर्माण कार्य स्थानीयको दबाबपछि काम सुरु भएको हो ।
धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा सञ्चालित होटेलहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण लोगो वितरण गरिएको छ । बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, मधेस प्रदेशले खाद्य स्वच्छताका आधारमा यहाँका होटेललाई स्तरीकरण लोगो वितरण गरेको हो ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि विषयहरू तय गर्न आज शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो ।