कैलालीको भजनी नगरपालिका–५ स्थित करमदेव घाटमा काठेपुलबाट वारपार गरेबापत ठेकेदारले यात्रुसँग चर्को शुल्क असुल्दै आएका छन्। कान्द्रा नदीमा काठको पुल सञ्चालन गरेका ठेकेदारले नगरपालिकाले तोकेकोभन्दा दोब्बर बढी रकम असुल्न थालेको स्थानीयवासीको गुनासो छ। नगरपालिकाले मोटरसाइकलसहित प्रतिव्यक्तिको १५ रुपियाँ शुल्क निर्धारण गरेको छ तर ठेकेदारले मोटरसाइकलसहित प्रतिव्यक्तिको एकतर्फी ३० रुपियाँ शुल्क लिइरहेका छन्। अन्य पुलमा एकतर्फी मात्रै शुल्क लिने गरिए पनि यो घाटमा दोब्बर र दोहोरो शुल्क लिने गरेको यात्रुले बताएका छन्।
त्रिदेशीय उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण सुरु भएको सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
जाजरकोटका सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा स्थानीय उत्पादन प्रयोगमा ल्याएका छन्। विद्यालयमा दिवा खाजा कार्यक्रमका संयोजक चन्द्रबहादुर विश्वकर्माका अनुसार विद्यालयमा हरियो सागपात, अन्न समूह, गेडागुडी र अन्य समूह (मासु) गरी कार्बाेहाइडे«ड, खनिज, भिटामिन, प्रोटिनलगायत आवश्यक पोषण तत्वको सम्मिश्रणसहितको दिवा खाजाको व्यवस्था गरिएको छ।
नेपालको सुदूरपूर्वदेखि पश्चिम तराई पहाडी जिल्लामा बाँदरले मच्चाउने गरेको व्यापक वितण्डा दिनहुँ बढ्दो छ । जंगल नजिकैबाट बिहानदेखि रातिसम्म बाँदरको हुलका हुल किसानका खेतबारीमा आउने र मकै भट्मास, कोदो, हिउँदे बर्खे बाली–नाली, मौसमी तरकारी फलफूल सखाप पार्ने गरेको छ । ऋण लिएर लगाएका अन्नबाली उखेलेर फाल्ने, नष्ट गर्ने र यसबाट बाली र ऋण चुक्ता गर्न नसकी किसानको टाउकोमा ऋण थोपरिँदै जाने गरेको छ । उनीहरूले ठूलो समस्या खेप्नु परेको छ । बिहानदेखि बेलुकासम्म बाँदर भगाउन थाल ठटाउँदा ठटाउँदै हेरुवा चौकीदारी गर्दागर्दै पनि बाली–नाली बचाउन नसकी हैरान भएका छन् । बालीको कुरुवा बस्दाबस्दै बालबालिकाले पढाइ छोड्नुपर्ने बाध्यता भएको छ । मिहेनत र लागत लगाएको खेती जोगाउन
गुल्मीमा दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । आईटिएफ तेक्वान्दो सङ्घ गुल्मी र रेसुङ्गा आईटिएफ तेक्वान्दो डोजाङ्गको आयोजनामा यही पुस ३० गते दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको सङ्घका अध्यक्ष वीरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
समाजसेवा शब्दमा दुई खण्ड छन्, एउटा समाज र अर्को सेवा । यसको सोझो अर्थ समाजको सेवा भन्ने हुन्छ । यो पारिभाषिक शब्द पनि हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म अँगाल्ने वा एकै स्थानमा बस्ने मानिसको समूहलाई जनाउँछ । कुनै विशेष सामूहिक उद्देश्य राखेर गठन भई कानुनी मान्यता प्राप्त संस्था पनि समाज हो । सभ्य र सज्जन मान्छे भेला भएर बस्ने ठाउँलाई समेत समाज भनिन्छ । सारांशमा मानव समूह, संस्था र स्थानबोधक शब्द पनि हो समाज ।
पौषशुक्ल पूर्णिमादेखि एक महिनासम्म घर–घरमा भनिने स्वस्थानी र शाली नदीको व्रत यही पुस २२ गतेदेखि आरम्भ भएको छ । कोभिड–१९ ले विगतका दिनमा जात्रा पर्वमा समस्या पारेको थियो । साँखुबजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शाली नदीक्षेत्र छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शाली नदी क्षेत्रले चिनिन्छ । शाली नदी श्रीस्वस्थानी देवीको पावन पीठ हो । पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ ।
केही समयअघि मात्रै मङ्सिर महिनामै काफल पाकेको समाचार सार्वजनिक भयो । मङ्सिर महिनामै हिमपातका खबर पनि बाहिरियो । हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेको, हिमताल फैलँदै गएका, हिमाल पग्लँदै गएका तस्बिर त धेरै पहिलेदेखि नै आइरहेका छन् । यति मात्र हैन, मौसमअनुसारको जङ्गली फलफूलको चक्र बदलिएको छ, कृषि उत्पादनमा पनि असर भइरहेको छ । यी सबैका कारण जलवायु परिवर्तनको प्रभाव हो ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दै छ । प्रतिनिधि सभाको अधिवेशन सुरु हुनुअघि संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
झापाको दमक र इलामको चुलाचुलीको सीमाबाट बग्ने रतुवा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भएको पाइएको छ। खोलामा अवैध रूपमा जेसीबीको प्रयोग गरेर बालुवा तथा खोलाजन्य पदार्थ झिकिरहेको सूचना पाएपछि निरीक्षणमा गएर त्यो रोक्न निर्देशन दिइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो।
धनुषाको धनौजी गाउँपालिका–२, गौरदाहाका लगन महरा ८१ वर्षको हुनुहुन्छ। ज्यानले अशक्त उहाँ श्रीमती र परिवारको पेट पाल्न यतिका उमेरमा पनि कृषि मजदुरी गर्न बाध्य हुनुभएको छ। श्रम बन्धकीमा परेपछि महरा अरूको खेतबारीमा काया खियाउन विवश हुनुभएको हो। विगत १५ वर्षदेखि गाउँकै साहु जगदीश मण्डलको खेतबारीमा हरुवाचरुवाका रूपमा काम गर्दै आएको महरा बताउनुहुन्छ। उहाँले भन्नुभयो, “घरमा आराम गरेर बस्नुपर्ने भए पनि काम गर्नुपर्ने हाम्रो बाध्यता छ। भोको पेटले उमेर देख्दैन।”
सिरहाको सखुवान्नकारकट्टी गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘स्मार्ट बोर्ड’ प्रयोगमा ल्याएको छ। विद्यालयमा विद्यार्थीलाई टिकाउन स्मार्ट बोर्डको प्रयोगमा ल्याएपछि शिक्षण प्रभावकारी भई विद्यार्थी सङ्ख्या पनि बढेको छ। ग्रामीण भेगका विद्यार्थीसमेत उक्त विद्यालयमा जान थालेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै दिँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशबाट दिने तयारी गरेको छ । प्रदेश १ र मधेश प्रदेशबाट मात्रै श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुस २४ गते आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिने भएको हो । यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएकोमा आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि दिने तयारी भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।
बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले दाना उत्पादन सुरु गरेको छ । लुम्बिनी प्रदेशको एक मात्र सरकारी फार्मले १२ हजार प्यारेन्ट कुखुरा (अन्डा उत्पादन गर्ने माउ)का लागि दाना उत्पादन सुरु गरेको हो । यो फार्मले ‘एल थ्री’ दाना उत्पादन सुरु गरेको सो फार्मका प्रबन्धक डा. शङ्कर न्यौपानेले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय दाना उत्पादन सुरु गरेर खुवाउन थालेपछि अन्डा उत्पादनमा २० प्रतिशत वृद्धि भएको बताउनुभयो ।
सिन्धुलीका स्थानीय तहले नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गर्दै गएका छन्। हरिहरपुरगढी गाउँपालिकामा शिलान्यास गरी अस्पताल बनाउन सुरु गरिएको छ। वडा नं. २ को रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास गरी निर्माण सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले जानकारी दिनुभयो। उहाँका अनुसार बागमती प्रदेश सरकारको २१ करोड ८१ लाख रुपियाँको लागतमा २०८१ साल असारसम्म सम्पन्न गर्ने गरी अस्पताल निर्माण सुरु गरिएको हो।