चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री वेइ फेङहेले शुक्रबार बेइजिङमा तुर्कमेनका रक्षामन्त्री बेगेन्च गुन्डोग्दियेभसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गर्नु भएको छ । राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा सवार भएर शनिबार ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहाल पोखरीको पनि रुचिपूर्वक अवलोकन गर्नु भएको हो ।
काठमाडौं नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हराएपछि काठमाडौंं प्लेअफमा पुगेको हो ।
२२औँ संस्करणको आहा–रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको सङ्कटा क्लबले जितेको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउनुभएको छ।
नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदलाई निर्देशन दिएको छ।
सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधेयक अगाडि बढाउन तोक लगाउनु भएको उहाँको सचिवालयले जनाएको छ।
काठमाडौं महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले वडाका हरेक नागरिकको कुरा सुनेर काम गर्ने बताउनुभएको छ । शनिबार काठमाडौं महानगर १० ले सार्वजनिक सुनुवाइ क्रममा आफ्नो भनाइ राख्नुहुँदै वडाध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।
विश्वविद्यालयको पठनपाठन सञ्चालनमा प्राविधिक र अनुसन्धानमा थप सहजताका लागि मधेश कृषि विश्वविद्यालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच सम्झौता भएको छ ।
नेपाल भारोत्तोलन सङ्घका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसियाली भारोत्तोलन सङ्घको कार्यकारी समितिको सदस्यमा निर्वाचित हुनुभएको छ ।
गायिका एलिना चौहानको ‘एक झल्को’ गीतको भिडियो सार्वजनिक गरिएको छ।
आर्थिक वर्ष सुरु भएको छ महिना बित्नैलाग्दा सिमकोट गाउँपालिकाले वित्तीय खर्च २२ प्रतिशत मात्र गरेको छ । गाउँपालिकाले पहिलो र दोस्रो त्रैमासिक समीक्षा कार्यक्रम आयोजना गरेर सो खर्च विवरण सार्वजनिक गरेको हो ।
स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता गरेको साढे आठ वर्षमा पुल निर्माण भएको हो ।
माघे संक्रान्तिको पर्वको अवसरमा चाकुखाने चलन छ । जसका लागि काठमाडौंको टोखामा मंगलबार चाकु बनाउँदै व्यवसायी ।