उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणबद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरुरी रहेको बताउनुभएको छ।
रुपन्देहीको थारु समुदायमा माघीको रौनक सुरु भएको छ । माघीकै अवसरमा जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव तथा मेला आयोजना हुने थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीले जनाएको छ ।
स्पेनिस ला लिगाको उपाधि दाबेदार रियल म्याड्रिडलाई भिल्लारियलको नमिठो धक्का लागेको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिड भिल्लारियलसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।
नेवा: पत्रकारको राष्ट्रिय सङ्गठन नेवा: पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा पत्रकार नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएका छ ।
ताप्लेजुङमा २०७८ को एसईईमा जिल्लामा प्रथम हुने विद्यार्थीलाई सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) ताप्लेजुङले ३२ औं स्थापना दिवसको अवसरमा एसईईमा प्रथम हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चोरी भएको छ । शुक्रबार राति सहकारीको पैसा राख्ने भल्ट कार्यालय नजिकै फेला परेपछि सहकारीको पैसा चोरी भएको थाहा भएको थियो । ब्यवस्थापकको जिम्मामा रहेको ३४ लाख रुपियाँ चोरी भएपछि सहकारीका व्यवस्थापक मेनुका नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसने उडान गर्न लागेको हो ।
कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ ।
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले साहित्य र समाजसेवामा संलग्न चार व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा साहित्य तथा शैक्षिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै प्रा.डा. वासुदेव त्रिपाठीलाई सम्मान गरिएको हो। कार्यक्रममा प्रा.डा. सुरेशराज शर्माले विशिष्ट व्यक्तित्व त्रिपाठीलाई ५५ हजार ५५५ रुपियाँसहित दैवज्ञ विशिष्ट स्रष्टा सम्मान प्रदान गर्नुभएको हो। त्यसैगरी अग्रज कवि जसराज किराँती, बालसाहित्यकार गोपालप्रसाद पोखरेल र समाजसेवी सीता पोखरेललाई पनि प्रतिष्ठानले पुरस्कृत गरेको छ।
गाउँघरमा हिजोआज नौमती बाजा लोप हुँदै जान थालेकाले सरोकारवालाहरूलाई चिन्तित तुल्याएको छ। अहिले धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा बिरलै देख्न सकिन्छ। पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा कला लोप हुन थालेको छ। प्रायःजसो पुरुषले मात्र बजाउने नौमती बाजा अहिले महिलाले पनि बजाउन थालेपछि बाजाको महत्व बढेको छ।
गायक शिव परियारको ‘फूलैफूल दिन्छौ कि’ बोलको गीतलाई गायिका अस्मिता अधिकारीले आफ्नो स्वरमा पुनः सार्वजनिक गर्नुभएको छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले सङ्गीत दिनुभएको छ। विकास प्रसाईंको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुङ्गानाको अभिनय रहेको छ।
कैलालीको एक क्रसर उद्योगले बालुवा प्रशोधनको मात्रै अनुमति लिए पनि गिट्टीसमेत प्रशोधन गर्ने गरेको पाइएको छ ।