नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुरा महामारी अब जिल्लाका अन्य पालिकामा पनि फैलिन थालेको छ। नेपालगञ्जपछि खजुरा गाउँपालिकाका बालबालिकामा दादुरा देखा परेको छ। हालसम्म ६३ जना बालबालिकामा दादुरा पुष्टि भएको र सो रोगबाट नेपालगञ्ज–५ का एक बालकको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते हुनुभएको छ । कर्णाली प्रदेश ०२००१ च ०६०५ नम्बरको उक्त बोलेरो जिप सिम्ता गाउँपालिका–९ को मुङ्ग्रे भन्ने ठाउँमा दुर्घटना भएको हो ।
पाँच वर्षअघि सुरु भएको कालीगण्डकी कोरिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। कालीगण्डकी कोरिडोर (उत्तर–दक्षिण) आयोजनाअन्तर्गत पाल्पाको पीपलडाँडादेखि पूर्वी नवलपरासीको गैँडाकोटसम्मको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो। उक्त खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको आयोजना पक्षले जनाएको छ।
गत आर्थिक वर्षमा एक नम्बर प्रदेशमा सङ्घीय मामिलासम्बन्धी सबैभन्दा बढी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा २ हजार २४ उजुरी मध्ये सङ्घीय मामिलासम्बन्धी ९ सय ५९ उजुरी रहेका तथ्याङ्क छ ।
सुरक्षा निकायका आँखा छलेर भारत लैजाँदै गरेको तीन ट्रक झ्याउ र सुनाखरी बरामद गरेको एक वर्ष पुगे पनि त्यसको व्यवस्थापनमा कानुनी समस्या देखिएको छ। गत वर्षको माघ महिनामा नेपाल प्रहरी र सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले उक्त जडीबुटी बरामद गरेपछि बहुमूल्य जडीबुटी बरामद भएको भन्दै नेपाल र भारतका सञ्चारमाध्यमले सनसनीपूर्ण समाचार बाहिर ल्याएका थिए।
भनिन्छ, मूल सफा भएपछि खोला, नदी फोहोर हुने आशङ्का नै रहँदैन । नेपाली राजनीतिमा पनि यही भनाइले ठूलो महत्त्व राख्ने गरेको छ । नेपाली राजनीतिको प्रमुख कार्यकारी पदको व्यक्तित्व भ्रष्टाचारलगायत अनियमितता नगर्ने तथा गर्न नदिने, मोलमोलाहिजा नगर्ने, जनभावनालाई सर्वोच्च भावमा राखेर सेवा दिने प्रवृत्तिको विकास हुन सके देशको मुहार फेरिनेमा कुनै शङ्का हुँदैन । नयाँ जनादेशअनुसार गठित सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको यो महत्त्वपूर्ण क्षणमा आफूले नराम्रो काम नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अब केही हुन्छ भन्ने आशाको सञ्चार गर्न यो प्रतिबद्धताको विशिष्ट महत्त्व छ । मूल सफा भएसँगै सबैतिर सफा हुँदै जाने विश्वास बढेको छ ।
बाजुराको बडिमालिका नगरपालिकाका बिरामी र उनका आफन्त अहिले स्वास्थ्य चौकी पुगेर स्वास्थ्यकर्मीको बाटो कुर्ने गरेका छन् । करारका कर्मचारीको म्याद थप नभएपछि कर्मचारी पुग्न नसकेपछि स्वास्थ्य चौकी बन्द जस्तै बनेको छ । तर अझै पनि स्वास्थ्यकर्मी आउने आशा गर्दै स्वास्थ्य चौकी पुगेर पर्खने गरेका छन् ।
जीवनमा धेरै कुरा आफैँ भइरहेको हुन्छ, त्यसलाई हामी सुरुमा आफ्नो कर्तव्य ठान्छौँ र पछि त्यहीँ समाज सेवामा जोडिन्छ । समयअनुसार मान्छेले आफ्नो कर्तव्यपथबाट च्यूत नभई कार्य गरे भने पक्कै पनि त्यो मान्छे पुजिन्छ यहीँ समाजबाट ।
स्रष्टा गिरीका रहरै रहरमा रमेको यात्रा विवरण– टुप्लुक्क टोकियोभित्र पसेपछि थाहा हुन्छ रहर पूरा गर्न गरेका सङ्घर्ष, मिहिनेत, प्रतीक्षा, निराशा र अप्रत्यासित मौकाले दिने खुसीको मूल्य । सबैभन्दा गहन कुरा लेखकीय स्वधर्म–इमानदारी ।
व्यक्तिगत मानवीय पीडा, मानसिक उथल पुथल र निसहायपन तथा मानव अस्तित्वमाथि ज्यादा केन्द्रित भएर अत्यन्तै गम्भीर चलचित्रहरू बनाउने महान् हस्ती हुन् इङ्गमार बर्गम्यान । सन् १९४६ मा क्राइसिस नामक चलचित्रमार्फत निर्देशनमा हात हालेका बर्गम्यानले जब द सेभेन्थ सिल (१९५७) बनाए चलचित्र क्षेत्रका मसिहा ठहरिए ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा अवैध रूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।
वैदेशिक रोजगार विभागको पुनः अनुमतिपछि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले उपत्यकाबाहिर धमाधम शाखा विस्तार गरेका छन् । विभागका सेवालाई प्रत्येक प्रदेशमा विस्तार गरिसकेको विभागले म्यानपावर कम्पनीका शाखा विस्तारका लागि पुनः अनुमति दिएसँगै ५० वटा म्यानपावर कम्पनीले विभिन्न जिल्लामा शाखा विस्तार गरेका हुन् ।
अनलाइनमार्फत हुने अवैध कारोबारका वेबसाइट, एप र सञ्जालसम्मको पहुँच रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायतका डिजिटल कारोबार बढेकाले त्यस्ता वेबसाइट अथवा एपसम्म पहुँच पुग्न नसक्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
ऐतिहासिक ठूलो आँगनमा पृथ्वीनारायण शाहको सालिक निर्माण भएको छ। विरोध र अनेकौँ चर्चा परिचर्चाका बीच अन्ततः गोरखा नगरपालिकाले शाहको सालिक निर्माण गरेको हो। गोरखा नगरपालिका–६, ठूलो आँगनको मध्यभागमा सालिकसहितको मनोग्रामसमेत बनाइएको छ। “सालिक राख्ने काम सकिएको छ। अरू काम अन्तिम चरणमा पुगिसकेको छ,” गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले भन्नुभयो।
दक्षिण कोरिया जानका लागि युवाको आकर्षण बढिरहँदा यहाँका एक युवाले कोरियाको वैदेशिक रोजगार छाडेर गाउँमै माछापालन व्यवसाय गरेका छन्। चार वर्ष कोरिया बसेर बिदामा घर आउनुभएका अर्जुनचौपारी–१, ठाडो खेतका ३२ वर्षीय कमल अर्याल माछापालन व्यवसायमा लाग्नुभएको हो। मासिक डेढ लाखको कमाइ छोडेर अर्यालले स्वदेशमै केही गर्छु भनेर माछापालनमा लागेको बताउनुभयो।