नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकाङ्क्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताउनुभएको छ ।
मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनपछि बनेको नयाँ सरकारले सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्ने भएको छ ।
प्रतिनिधि सभाका झलकहरुतस्बिरः सुजन गुरुङ, केशब गुरुङ
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ ।
राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभासँगै राष्ट्रिय सभाकोसमेत पहिलो बैठक दिउँसो १ बजे सुरु भएको हो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताउनुभएको छ ।
मङ्सिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।
काठमाडौँ, पुस २५ गते । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु. २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु. आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु. सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु. १६ हजार एक सय ४० कायम भएको छ ।काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु. छ सय ८५ भाडा घटेर अधिकतम रु. १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा रु. एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौँ–भद्रपुरमा रु. छ सय, काठमाडौँ–विराटनगरमा रु. चार सय ८५, काठमाडौँ–जनकपुरमा रु. दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु. दुई सय १५ र काठमाडौँ–पोखरामा रु. तीन सय २० भाडा घटेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-० को सेटमा हरायो ।
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आज (सोमबार)देखि प्रारम्भ भएको छ ।
सरकारले परिवार योजनासम्बन्धी समस्या समाधान गर्न हेल्पलाइन सेवा सञ्चालन ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारमा माओवादी दलको बैठक सुरु भएको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई उसैको मैदानमा १-० गोलले हरायो । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई तीन अंकले पछि पारेको छ ।