प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको न्यूनतम साझा कार्यक्रममा दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताउनुभएको छ ।
पब्जी विश्वकपमा नेपाल दोस्रो भएको छ । इन्डोनेसियामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित भयो ।
निर्वाचन आयोगले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको प्रतिवेदन बुझाएको २४ औँ दिनमा बागमती प्रदेशले मुख्यमन्त्री पाउने भएको छ ।
नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुहुने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।
ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालबाट सोमबार बिहान एक कार्यक्रमबिच कारोबारको शुभारम्भ गर्नुभएको हो ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले सुर्खेतमा हालसम्म ३५० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ। आयोगले जिल्लाका नौवटा पालिकामध्ये पाँचवटा पालिकामा लालपुर्जा वितरण सुरु गरिसकेको हो। भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अनुसार कोट माझखर्कअन्तर्गतका र तत्कालीन राप्ती बसोबास आयोगले नापजाँच गरेका जग्गाको लालपुर्जा उपलब्ध गराएको हो। समितिका अध्यक्ष श्रीधर पौड्यालले हालसम्म गुर्भाकोट र भेरीगङ्गा नगरपालिका तथा चौकुने र पञ्चपुरी गाउँपालिकामा केही परिवारलाई जग्गाधनी पुर्जा दिइएको बताउनुभयो। सोमबार वराहताल गाउँपालिकामा पनि पुर्जा वितरण गर्ने तयारी गरेको जनाइएको छ। समितिले काम थालेदेखि पालिकाहरूमा ३५० लालपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो।
डेढ करोड खर्च गरेर पनि पूर्णता नपाएको बसपार्क मुगुका स्थानीयवासीले श्रमदान गरी निर्माण गरेका छन्। सदरमुकाम गमगढीमा निर्माण गरिएको बसपार्क माघ १ गतेदेखि सञ्चालनमा आउने भएको छ। डेढ दशकअघि निर्माण प्रक्रिया अघि बढेको बसपार्क निर्माण योजना विविध कारणले पूर्णता पाएको थिएन। छायानाथ रारा नगरपालिका–१ का अध्यक्ष पीआर मल्लीका अनुसार बसपार्क निर्माणका लागि २०६३ सालदेखि पटकपटक साबिकको जिल्ला विकास समिति, श्रीनगर गाविस, छायानाथ रारा नगरपालिका र संसद् कोष गरी विभिन्न निकायबाट एक करोड ५० लाखभन्दा बढी खर्च भइसकेको छ।
सिलङ्गो फूले जस्तै फुल्नू दूबो जस्तै फैलिनू, हिमालमा हिउँ छन्जेलसम्म जिउनू मान्यजनले आशीर्वाद दिने बेलामा सुदूरपश्चिममा यस्तै भन्ने प्रचलन छ। यद्यपि सिलङ्गो वनस्पति लोप हुने अवस्थामा पुगेको छ। गाउँघरका बाटाघाटामा बनाइएका सिलङ्गोका चौतारी कच्ची सडक निर्माण क्रममा भत्काइने र वनमा समेत संरक्षण हुन नसक्दा सिलङ्गो वनस्पति सङ्कट अवस्थामा पुगेको छ।
बाजुराको बडीमालिका नगरपालिकाका पाँचवटा सहरी स्वास्थ्य संस्था लामो समयदेखि बन्द रहेका छन्। स्वास्थ्य संस्था बन्द भएपछि स्थानीयले स्वास्थ्य जाँच र उपचारमा समस्या बेहोर्दै आएका छन्। बडीमालिका नगरपालिकाको १३औँ कार्यपालिका बैठकले ती संस्थाका करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि स्वास्थ्य संस्था कर्मचारी विहीन हुँदा सेवा प्रभावित बनेको हो। बडीमालिका नगरपालिका–१ को पाटा सहरी स्वास्थ्य केन्द्र, पिनालेख सहरी
नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुरा महामारी अब जिल्लाका अन्य पालिकामा पनि फैलिन थालेको छ। नेपालगञ्जपछि खजुरा गाउँपालिकाका बालबालिकामा दादुरा देखा परेको छ। हालसम्म ६३ जना बालबालिकामा दादुरा पुष्टि भएको र सो रोगबाट नेपालगञ्ज–५ का एक बालकको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते हुनुभएको छ । कर्णाली प्रदेश ०२००१ च ०६०५ नम्बरको उक्त बोलेरो जिप सिम्ता गाउँपालिका–९ को मुङ्ग्रे भन्ने ठाउँमा दुर्घटना भएको हो ।
पाँच वर्षअघि सुरु भएको कालीगण्डकी कोरिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। कालीगण्डकी कोरिडोर (उत्तर–दक्षिण) आयोजनाअन्तर्गत पाल्पाको पीपलडाँडादेखि पूर्वी नवलपरासीको गैँडाकोटसम्मको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो। उक्त खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको आयोजना पक्षले जनाएको छ।
गत आर्थिक वर्षमा एक नम्बर प्रदेशमा सङ्घीय मामिलासम्बन्धी सबैभन्दा बढी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा २ हजार २४ उजुरी मध्ये सङ्घीय मामिलासम्बन्धी ९ सय ५९ उजुरी रहेका तथ्याङ्क छ ।
सुरक्षा निकायका आँखा छलेर भारत लैजाँदै गरेको तीन ट्रक झ्याउ र सुनाखरी बरामद गरेको एक वर्ष पुगे पनि त्यसको व्यवस्थापनमा कानुनी समस्या देखिएको छ। गत वर्षको माघ महिनामा नेपाल प्रहरी र सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले उक्त जडीबुटी बरामद गरेपछि बहुमूल्य जडीबुटी बरामद भएको भन्दै नेपाल र भारतका सञ्चारमाध्यमले सनसनीपूर्ण समाचार बाहिर ल्याएका थिए।