लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टिकटक स्टार सिम्पल खरेलको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो 'जहाँ तिमी अनि म' सार्वजनिक भएको छ ।
नेकपा (एमाले)का स्थायी समितिका सदस्य हिक्मतकुमार कार्की प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार अपराह्न नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
जितु नेपाल र साम्राज्ञी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यावसायिक कृषि गर्दैआएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हो ।
शीतलहरका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि जिल्लाको कटहरिया नगरपालिकाले स्थानीयका लागि दाउराको प्रबन्ध गरेको छ ।
ओखलढुङ्गाको मूलखर्कमा १० लाख खर्च गरेर ‘डम्फु पार्क’ निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्य रहेको सुनकोसी गाउँपालिका–५ मूलखर्कमा १० लाख खर्च गरेर पार्क निर्माण गरिएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतका लागि आधिकारिक प्रस्ताव नआएको बताउनुभएको छ।
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्नुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैङ्किङ तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखेताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ। नगरपालिका वडा नम्बर १ ज्यामिरबोटे र वडा नं २ सुन्दरीगाउँका युवा आँखेतालको प्रवर्धनमा लागेका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ।
श्रीलंकाविरुद्ध टी–२० क्रिकेट सिरिज भारतले जितेको छ । रोजकोटमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारतले श्रीलङ्कालाई ९१ रनले हरायो । यससँगै तीन खेलको सिरिज भारतले २–१ ले जितेको छ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको छ।
भैरहवा भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।