• ८ पुस २०८१, सोमबार

कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नुहुँदै शर्मा

blog

नवीन सुवेदी 

सुर्खेत, पुस २५ गते । नेकपा माओवादी केन्द्रका  राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुहुने भएको छ ।  आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।

कर्णालीमा माओवादीको सरकार बन्ने सहमति भएसँगै माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नुहुने भएको हो । कर्णाली प्रदेश सभामा १३ सिटसहित माओवादी दोस्रो ठूलो दल पनि हो ।