साहित्यका विधाहरूमा अन्यका तुलनामा कविता बढी फस्टाएको देखिन्छ । तर कविता लहडको विषय होइन । सनातनदेखि मन्त्र र ऋचाबाट साहित्यको प्रारम्भ भएको हुँदा कविताले लोकप्रियता प्राप्त गरेको हो । कहलिएका आख्यानकारहरूको प्रारम्भिक यात्रा पनि कविताबाटै सुरु भएको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले मापदण्डविपरीत सञ्चालन भइरहेका क्रसर उद्योग र बालुवा खानी सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको छ। गृह मन्त्रालयले देशभर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न र दर्ता प्रक्रिया पूरा गरे नगरेको छानबिन गर्न निर्देशन दिएसँगै धादिङमा सञ्चालनमा रहेका १७१ वटा क्रसर, बालुवा धुने फिरफिरेलगायतका खानी आइतबारबाट बन्द गराइएको हो।
रञ्जना निरौलाको निबन्ध सङ्ग्रह ‘अनुभूतिको अवतरण’ भर्खरै सार्वजनिक भएको छ । निरौलाले आफ्नै जीवनीय अनुभूतिलाई मूल विषयवस्तु बनाएर फरक चिन्तन र विचारपरक भावधारालाई निबन्धमार्फत अवतरण गराएकी छिन् ।
माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो ।
मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाको अधिवेशन विधिवत् रूपमा सोमबारदेखि प्रारम्भ भएको छ । विभिन्न राजनीतिक धार तथा विचार बोकेका जननिर्वाचित प्रतिनिधिको उपस्थितिले प्रतिनिधि सभाको पहिलो बैठक वास्तवमै समावेशी देखिएको छ । समावेशिता वर्तमान संविधानले मार्गनिर्देश गरेको सुन्दर पक्ष हो । त्यसैले पनि मुलुकको लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न यो प्रतिनिधि सभाका सामुन्ने ठूलो जनविश्वास छ । नयाँ संविधानको सुदृढीकरणबाटै मुलुकले आर्थिक तथा सामाजिक रूपमा अग्रगामी बाटो लिने विश्वाससमेत बढेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ। अब भने ७७वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अनलाइनमार्फतै हुने भएको छ। आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले माघ २ गतेबाट नामावली दर्ता प्रक्रिया सुरु हुने बताउनुभएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि साउन १९ गतेदेखि मतदाता नामावली दर्ता स्थगित भएको थियो।
दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
राष्ट्रिय सभा सदस्यले जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई सम्बोधन गर्दै अगाडि बढ्न नवनिर्वाचित जनप्रतिनिधि संस्थालाई आग्रह गर्नुभएको छ। सरकारका थुप्रै चुनौती रहेको बताउँदै उहाँहरूले ती चुनौती अवसरका रूपमा लिएर अगाडि बढ्न आग्रह गर्नुभयो। राष्ट्रिय सभाको १३औँ अधिवेशनको सोमबार बसेको पहिलो बैठकमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सदस्य उर्मिला अर्यालले नागरिकता विधेयक तुरुन्तै संसद्बाट अनुमोदन गरी व्यवस्थित गर्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “निर्माण उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन हुनेगरी विकास गर्न, संवाद गरेर सार्कलाई गतिशील बनाउन तथा प्युठान–बाग्लुङ राजमार्ग निर्माणका लागि सहजीकरण गर्न तथा तराई–मधेश र उत्पीडित समुदायका महिलालाई अर्थोपार्जनमा सक्रिय सहभागिता बढाउने कार्यक्रम सञ्चालन गर्न ध्यानाकर्षण गराउन चाहन्छौँ।”
यस वर्ष हिमाली जिल्ला हुम्लामा तीन करोड रुपियाँको स्याउ उत्पादन भएको छ । स्याउ उत्पादन राम्रो भए पनि बजारको समस्याका कारण ६० लाख रुपियाँको मात्रै स्याउ बिक्री भएको बताइएको छ । सिमकोट गाउँपालिका–६ का जयचन्द्र रोकायाले आफूले ५० क्विन्टल स्याउ उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले स्याउ उत्पादन राम्रो भए पनि बिक्री भने आधा जति मात्रै भएको र अहिले पनि स्याउ भण्डारण गरिरहेको बताउनुभयो । उहाँले फागुन महिनासम्ममा सबै उत्पादन बिक्री हुने विश्वास व्यक्त गर्नुभयो ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी रोकिएको छैन । बरु वैदेशिक रोजगारीका नाममा नयाँ–नयाँ तरिकाबाट ठगी भइरहेको छ । यसको पछिल्लो उदाहरण सी स्टार सिपिङ सर्भिसेस एन्ड ट्रेनिङ सेन्टर नामक संस्था हो । उक्त संस्था कहीँकतै दर्ता भएको देखिँदैन । बिनादर्ताको यो संस्थाले विदेशमा आकर्षक कमाइ हुने काममा तालिम दिएर पठाउने भन्दै वर्षौंदेखि ठगी गरेको खुलेको छ ।
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शङ्खरापुर नगरपालिका–३, बोजिनीमा बनाउन लागेको लप्सीफेदी सबस्टेसन निर्माणलाई राजनीतिक दाउपेचको मारमा पार्ने दुष्प्रयास भएको पाइएको छ । सबस्टेसन निर्माणका लागि जग्गा मुआब्जादेखि ठेक्का प्रक्रियासम्मका काम सम्पन्न भइसकेपछि अहिले सबस्टेसन नै सार्न आन्दोलन भइरहेको छ । सबस्टेसनका लागि आवश्यक पर्ने १७० रोपनी जग्गाका ५० जना जग्गाधनीको जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो ।
सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ । देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा, बबियाका विजय मेहताले २३ जनालाई मलेसियाको स्काई फम इन्डस्ट्रिज सन बो कम्पनीमा पठाएका थिए । यादवकै तीन जना भतिजासमेत मलेसिया पुगेका छन् । अहिले उनीहरू नेपाल फर्काइदिन माग गर्दै आएका छन् ।
सरकारले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको बिना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिनुभयो।
नेपालबाट दादुरा उन्मूलन गर्ने लक्ष्यमा निकै चुनौती थपिएको छ। नेपालसहित दक्षिणपूर्वी ११ राष्ट्रले विश्व स्वास्थ्य सङ्गठनसमक्ष सन् २०२३ सम्ममा दादुरा उन्मूलन गर्ने प्रतिबद्धता जनाएका थिए। सोमबार साँझसम्ममा बाँकेका ८० जना बालबालिकामा दादुरा रोग पुष्टि भएसँगै दादुरा उन्मूलनमा चुनौती थपिएको हो। तीमध्ये एक जनाको निधन भइसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बाँकेमा अप्रत्यासित रूपमा दादुरा फैलिएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट दादुरा नियन्त्रणका लागि टोली पठाइसकेको बताउनुभयो।